Breaking

दक्षिण कोरियाको बेरोजगारी दर ६ प्रतिशतले वृद्धि, रोजगारीमा जानेहरुलाई चिन्ताको बिषय


काठमाडौँ — दक्षिण कोरियाको बेरोजगारी दर ६ प्रतिशतले वृद्धि भएको छ । दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार रहेको थियो । जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा नेपालबाट मात्रै वार्षीकरुपमा करिब २५ हजारसम्म श्रमिकहरू जान सकिने अवस्था छ ।

फेब्रुअरी महिनाबाट प्रत्येक महिना दुई हजार कामदार कोरिया प्रवेश पाउने गरी तयारी पनि गरिरहेको छ । दक्षिण कोरिया सरकारले विदेशी श्रमिकहरूबारे केही नीति परिवर्तन गर्दै सक्दो छिटो श्रमिक पठाउन सक्ने देशलाई प्राथमिकता दिने नीति अवलम्बन गरेसँगै नेपालबाट जाने कामदारहरूको सङ्ख्या बढ्ने अवस्था सृजना भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष नेपाल सहित विभिन्न देशहरूका श्रमिक सहज रूपमा कोरिया प्रवेश गर्न पाएका थिएनन । नेपाली श्रमिकका लागि झन्डै पाँच महिना अघि रोजगारीका लागि कोरिया जाने ढोका खुला भएको थियो ।

त्यसपछि सन् २०२२ मै १५ हजार कामदार कोरिया गएको सरकारी तथ्याङ्क छ । यस्तै अन्य विभिन्न देशबाट दक्षिण कोरियामा जानेहरुको लर्को पनि उस्तै देखिन्छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार पुगेको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो । यो वर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको वृद्धिबाट तल झरेको छ । यस वर्ष घरेलु आर्थिक मन्दीको बारेमा बढ्दो चिन्ताको कारण यो सङ्ख्यामा सुधार भएको छ ।

जुन निरन्तर निर्यात गिरावट र कम्जोर आवास बजारको कारण प्रेरित छ । रोजगारीको लाभका लागि आवेदकहरूको सङ्ख्या मुख्यतया विनिर्माण, निर्माण र शिक्षा सेवा क्षेत्रमा वृद्धि भएको छ । रोजगारका लागि आकर्षक गन्तव्य रहेको दक्षिण कोरिया संसारभरबाट वार्षीकरुपमा लाखौंको संख्यामा श्रमिकहरू प्रवेश गर्ने र त्यहाँको जनशतिmको पद पुर्ति हुने गरेको छ । यो तथ्याङ्क हेर्ने हो भने झन बढ्ने स्थिति देखिन्छ । दक्षिण कोरिया जस्तो विकशिल देशमा संकट हुँदै जानुको अर्थ आर्थीक संकटको परिणाम देखिनु हो । विश्वव्यापीरुपमा कोबिड १९, रुस युक्रेन युद्धले आर्थीमा कालोबादल छाएको अबस्थामा यो निकै चिन्ताको बिषय बनेको छ ।