Breaking

मेयर बालेनसँग सरकारले छलफल गर्ने


काठमाडौँ — सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहसँग आवश्यक छलफल गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् ।

फोहोर नउठेको विषय गम्भीर कुरा हो । यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो’,मन्त्री शर्माले भनिन्, ‘काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो । यो व्यवस्था परिवर्तन भएको छैन । व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयो ? यसलाई सरकारले गम्भीर रुपमा लिएको छ ।