समाचार

नयाँ शैक्षिक सत्रदेखि गोकर्णेश्वरमा निःशुल्क पठनपाठन


काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर-८ स्थित चत्र स्मृति पाठशालाले विद्यार्थीहरूको लागि निःशुल्क पठनपाठन सुरू गर्ने भएको छ ।

स्व. सांसद चक्रबहादुर ठकुरीले स्मृतिमा स्थापना भएको उक्त पाठशालाले नयाँ शैक्षिक सत्रदेखि निःशुल्क पठनपाठन सुरू गर्ने पाठशालाका अध्यक्ष राजु सुनारले जानकारी दिनुभयो ।
पाठशालालाई अघि बढाउन विभिन्न संघसंस्था र सरकारको सहयोग रहने अपेक्षा गरिएको छ । नि:शुल्क पठनपाठन सुरू गरि उक्त पाठशालालाई देशमै नमुना विद्यालय बनाउने व्यवस्थापन समितिले उद्घोष लिएको छ । महंगो विद्यालयहरुको मारमा परिरहेका अभिभावकहरुलाई उक्त पाठशालाले राहत दिने अपेक्षा गरिएको छ ।