Breaking

रास्वपा अनुशासन आयोगको बैठक बस्दै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को अनुशासन आयोगको बैठक मंगलबार बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।
श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बन्नु भएको हो ।