समाचार

मोटरसाइकल र बस ठोक्किँदा १ जनाको मृत्यु


काठमाडौँ – तनहुँको आँबुखैरनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनको मृत्यु भएको छ ।

बेंसीशहरबाट काठमाडौँ जाँदै गरेको ग २२ प ९८२३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ग १ ख ९४०२ को बस तनहुँको आँबुखैरनी गाउँपालिका ४, मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृह नजिकै ठोक्किदा लमजुङको दूधपोखरी गाउँपालिका–६, का ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ दुर्घटनामा परेर दोर्दी गाउँपालिका ५, पाचोकका भिमसेन गुरुङ गम्भीर घाइते भएका छन् । घाइते भिमसेनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको तनहुँका प्रहरीले जनाएको छ ।