काठमाडौँ — मुलुकको प्रमुख प्रशासनिक केन्द्रदेखि सिंह दरवारदेखि शितल निवासु र बालुवाटार निवासमा दुई दिन देखि फोहोर उठ्न सकेको छैन । केन्द्र सरकार र काठमाडौ महानगरबीचका टकरावले यो विषय थप पेचिलो बनिरहेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र, संघीय सरकारका पदाधिकारीहरूले सबैभन्दा धेरै समय वेतित गर्ने, देश चलाउन आवश्यक नीति निर्माणदेखि योजना कार्यन्यनसम्मका कामहरु सञ्चालन हुने थलो हो सिंहदरवार । मानिसहरुको बाक्लो उपस्थितिले चहलपहल स्वभाविक छ । चहलपहल हुने थलोमा सामान्य खाजा पानी खाने थलो जरुरी हुने नै भयो ।
फलत सिंह दरवारभित्र मन्त्रालय पिच्छे चमेना गृह छन् । अर्थात कार्यालयजन्य फोहोर मात्र होइन चमेना गृहको समेत गर्दा टनका टन फोहोर जम्मा हुने नै भयो । एक दिन मात्र फोहोर नउठे सबै भन्दा धेरै अप्ठ्यारो चमेना गृह सञ्चालकले वेहोर्नुपर्छ । त्यसकारण यहाँ दैनिक फोहोर उठाउनुको विकल्प छैन । तर दुईदिन यता सिंह दरवारको फोहोर उठ्न सकेको छैन । दुई दिन फोहोर नउठ्दा यहाँको हालत कस्तो छ यो दृश्यमा देख्न सकिन्छ ।
सिंह दरवार अर्थात केन्द्र सरकार र काठमाडौ महानगरपालिकाबीचको टकरावले तीन दिनदेखि सिंहदरवारको फोहोर उठ्न सकिरहेको छैन । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन साहले शनिवार सामाजि सञ्जाल मार्फत सिंह दरवारको फोहोर नउठाउने उद्घोष गरे । फोहोर संकलन गरे इजाजत नै खारेज गर्ने महानगरको चेतावनीपछि फोहोर संकलन रोकिएको हो ।
शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन अनुरोध नै गरि सकेको छ । तर आफ्नो तालुकतार अड्डा महानगरपालिकाको मेयरलै फोहोर नउठाउनु भनेपछि शितल निवासको आग्रहलाई फोहोर संकलकले बेवास्तमा गरिदिए । सिंह दरवारभित्र चमेना गृह सञ्चालन गर्दै आएका व्यवसायीहरु फोहोर संकलक आउने प्रतिक्षामा छन ।
महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने देखिन्छ । स्थानीय सरकार र केन्द्र सरकारबीचको यो टकराव चासोपूर्ण त छ नै अर्कोतर्फ आफैमा लज्जास्पद पनि । सोमबार विहानै सि.हदरवारमा प्रधानमन्त्री गृहमन्त्रीसंग कफी मिटिङ गरेका महानगर प्रमुख बालेन्द्र साहले आफू सिंहदरवारको शैलीबाट वाक्क दिक्क भएको भन्दै अवस्था सुधार गर्न आग्रह नै गरे । तथापी विहानी त्यो बैठकले कुनै निकास भने दिन सकेन ।
प्रतिक्रिया