Breaking

घुस प्रकरणमा खनियो संसद, कोर टिमको अनुसन्धान गर्न सांसदको माग


काठमाडौँ — अन्तर्गत प्रतिनिधि सभाको आज बसेको बैठकमा सासदहरुले देशमा भएका विभिन्न विषयहरुको उठान गर्दे सरकारको ध्यानाकर्षण गराएका छन् । सासदहरुले सदनमा रास्वपाका सासदको अडियो प्रकरण, काठमाडौ महानगरपालीकाका मेयर बालेन्द्र शाहले फोहोरको विषयलाई लिएर चालेको कदम र समिटहोटलको मनोमानिमा सरकार मुकदर्शक बनेको लगायत विषय उठान गरेका हुन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न र सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा महानगरपालिकासँग तत्काल सम्वाद गर्न आग्रह गरेका छन् । तेस्तै सासद थापाले महानगरपालिकाले राखेका जायज मागहरुलाई पूरा गर्न आवश्यक विषयहरुमा समझदारी कायम गर्न र विभिन्न पालिका प्रमुखहरु सिंहदरबारमा विभिन्न कामहरु लिएर घुईचो लागेको भन्दै प्रमुखहरुलाई सिंहदरबार घुम्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न माग समेत गरे ।

तेस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको २ करोड डिलको अडियो प्रकरणबारे माफी मागेका छन् साथै उनले उक्त घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचन गरे र श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको जानकारी गराए ।

तेस्तै प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले अमृतपाल खोज्ने कारण देखाएर भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा भएको भन्दै असन्तुष्टि जनाए । यो विधि सम्मत नभएको उनको तर्क छ । विदेशी सुरक्षाकर्मी नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार कुनैपनि देशलाई दिएको छैन भन्दै आक्रोश व्यक्त गरे ।

अन्य सासदहरुले स्वाथ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै टिप्पणी समेत गरेका छन् । सदनमा सासदहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई कारबाही गर्नुपर्ने, सतारुढ दलकै सम्लग्नतामा अवैध रुपमा समिट अपाटमेन्ट निर्माण गर्ने क्रममा वरपरका घरहरु भासिएका विषयमा सासदहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।