Breaking

रवि भन्छन–म माथि अर्को षड्यन्त्र भयो, चुनाव हराउने नसोचे हुन्छ, ढाकाको लोभले सकस


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बीत सांसद डा.ढाकाप्रसाद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसंग दुई करोड मागेको प्रकरणले अहिले राजनीतिक वृत्त तरंगित छ । जसले वैकल्पिक भनिएको दलहरुको समेत असली चरित्र देखिएको भन्दै आलोचना सुरु भएको छ । सदनमा समेत विषय उठान हुँदा अब अनुसन्धान कसरी अघि बढ्छ चासो बढेको छ । दलहरु उपचुनाव गतविधिमा केन्द्रीत हुँदा यतिवेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ भाईको साटो तीन भाई संसद छिराउने भन्दै युद्धस्तरमा चुनावी मैदानमा खटिरहेका छन । आफूलाई षडयन्त्र गरेर गरिखान नदिएको भन्दै स्वर्णिम वाग्ले र रमेश खरेल सहित चुनावमा होमिएका उनी कसै गरी देखाईदिने तयारीमा छन ।

तर उनको यहि तयारीकावीच उनकै समानुपातिक सांसद डा.ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई दुई करोड मागेको अडियो लिग भएको छ । जुन अडियो आफ्नो नभएको श्रेष्ठले दावी गर्न थालेका छन भने रास्वपाले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । सभापति लामिछानेले यसलाई चुनाव केन्द्रीत फण्डाका रुपमा अथ्र्याउदा ७२ घण्टाभित्र सत्यतत्थ्य बाहिर नल्याए गढिमाईमा आफ्नो वली दिनु भन्दै उत्तेजक अभिव्यक्ति नै दिएका छन । आजैमात्र पनि रविले आफूलाई यहि मुद्धाले सकाउन खोजेको तर आफू अघि बढे अरु चाँहि सकिने चेतावनी दिएका छन ।

चुनावी प्रचारको क्रममा जुन टोलमा पुगेपनि रविलाई चुनावी प्रचारलाई भन्दा बढि अडियो प्रकरणबारे खण्डन गर्दै समय वित्ने गरेको छ । लामिछाने श्रेष्ठलाई कारबाहि गरेको देखाएर अरु भन्दा आफू फरक रहेको प्रमाणित गर्ने रणनितिमा छन । यद्यपीे अडियो श्रेष्ठकै हो भन्ने घुमाउरो पारामा लामिछानेले अस्वीकार गर्दा नैतिकताको विषय उनीमाथि पनि जोडिएको छ । हिजो सहकारीका विषयमा प्रश्न उठिरहेकै वेला विवादीत विगत भएकैलाई उनले के आधारले श्रेष्ठमाथि विश्वास गरे भन्ने प्रश्न उठ्ने डरमा लामिछाने छन ।

चौतर्फी रुपमा अडियो प्रकरणबारे प्रश्न उठेपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी नै मागेका छन् । यस घटनाको अनुसन्धानका लागि संसदीय समिति नै गठन हुनुपर्ने भन्दै सदनमै विषय उठेको छ । अडियो प्रकरण बारे संसद चुप बस्न नहुने तर्क गरेको कांग्रेस सांसद धनराज गुरुङले अडिओमा भनिएको कोर टिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानबिन हुनुपर्ने माग गरेका हुन । दुर्गा प्रसाईले भने यसमा अनुसन्धानको विषय नै नरहेको दावी गर्दै आएका छन । अडियो आफूले उपलब्ध गराएको र गलत भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउने उनले पार्टीले कोर टिम भनिएकाहरुलाई चाँहि अनुसन्धान गरि कारबाही गर्नुपर्ने बताएका छन ।

विगतमा रविले पनि यस्ता कार्य गरेकोसम्मको आरोप लगाएका प्रसाईले श्रेष्ठलाई कारबाही गरेजस्तो गरेर वलीको वोको बनाएर सहानुभूतिको राजनीती नगर्न सार्वजनिक आह्वान नै गरेका छन् । हुन त लामिछानेले आफैले श्रेष्ठलाई अख्तियारसम्म लाने सार्वजनिक अभिव्यक्ति दिएका छन भने गल्ती देखिए घिसारेर सडकमा ल्याउने समेत बताएका छन । तर विगतमा पनि ठुला जोगिने र भरियामात्र कारबाहीको भागीदार हुने उदाहरण प्रसस्त हुँदा अहिले कोर भनिएको टिम को हो भन्ने प्रश्न पेचिलो बनेको छ । फलत ः यो विषयमा रास्वपा नैतिक रुपमा मात्र नभई कोर टिमको शंकाले समेत लपेटिएको छ । जसलाई अभिव्यक्ति दिए झै चुनावी अश्त्रका रुपमा वुझ्दै लामिछाने अघि बढ्छन कि सवै प्रष्ट पार्दै अघि बढ्छन त्यसले नै उनको र रास्वपाको भविष्य निक्र्याेल हुनेछ । योहो टेलिभिजनका लागि