काठमाडौँ — निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै भारतीय एक बालकसंग चुम्बन गरेको भिडियोले बौद्धमार्गिहरुका बीच आलोचना श्रृजना गर्याे । तर दलई लामाले माफी मागेका छन् । भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाले एक बालक सँग चुम्बन गरेको भिडिओ केही दिनअघिदेखि चर्चा छ । यतिबेला प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामाको एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छन् ।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य केही दिनदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । एक जना बालकको जिब्रोमा चुम्बन गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि धर्मगुरु दलाई लामाले माफी समेत मागेका छन् । लामाको कार्यालयले विज्ञप्ति जारी गर्दै उनले ती बालक र उनको परिवारमा आफ्ना कारण चोट परेको भन्दै माफी मागेका छन् ।
दलाई लामाले मानिसहरूलाई भेट्दा यसैगरी सार्वजनिक रुपमा वा क्यामेरा अगाडि पनि जिस्किने गरेको भन्दै यस घटनाप्रति दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । तिब्बती बुद्धिज्म धर्मका प्रमुख तथा आध्यात्मिक नेता दलाई लामा चीनविरोधी गतिविधिमा लागेको भन्दै १९५९ देखि नै भारतको हिमाचलस्थित धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । ८७ वर्षीय लामाको पछिल्लो गतिविधिको २३ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहँदा लामाको चौतर्फी आलोचना पनि भइरहेको छ ।
तर तिब्बतमा कतिपय अवस्थामा यसरी जिब्रोमा चुम्बन गर्नुलाई अभिभादनको एक तरिकाको रुपमा लिइने बताइन्छ । यसअघि २०१९ मा पनि दलाई लामाले बीबीसीसँगको अन्तर्वार्तामा महिला दलाई लामा आकर्षक हुनुपर्ने प्रतिक्रिया दिएपछि उनले माफी माग्नु परेको थियो । आइतबार यो भिडियो भाइरल भएपछि मानिसहरूले सामाजिक सञ्जालमा दलाई लामामाथि हमला गर्न सुरु गरको थियो । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई असहज पार्ने खालको भनिरहेका छन् ।
यस भिडियोमा जनताको आक्रोश देखेर दलाई लामाको आधिकारिक ट्विटर ह्यान्डलबाट बच्चा र उनको परिवारसँग माफी समेत मागेका छन् । यो भिडियो हालै भएको भेटको हो जसमा एक बच्चाले धर्मगुरु दलाई लामालाई अँगालो हाल्न सक्छु भनेर सोधिरहेको भिडियोमा देखिन्छ । आफ्नो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि माफी मागेका छन् ।
प्रतिक्रिया