Breaking

मुलुकको अर्थतन्त्र बाहिर भन्ने गरिएजति संकटमा छैनः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बाहिर भन्ने गरिएजति संकटमा नरहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक परिवर्तन हुँदै आएकोे दाबी गरे । संकट छ, संकट छ भनेर अलि बढि नै भन्ने गरिएको छ ।

त्यस्तो स्थिती देशको अर्थतन्त्रको होइन,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री प्रचण्डले दस महिना भन्दा बढीलाई पुग्ने विदेशी मुद्राको सञ्चिती रहेको पनि बताए । राजस्व संकलनमा केही चुनौती भएपनि सरकाले चोरी पैठारी रोक्नेदेखि अन्य सबै उपायहरू अवलम्बन गरिएको जानकारी दिए ।