Breaking

अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन: रवि लामिछाने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड पैसा मागेको अडिओ रेकर्ड चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडिओ रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरेका हुन् ।

‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडिओ रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ,’ लामिछानेले भने, ‘अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो । ढिला भयो । लामिछानेले पार्टीभित्र देखिने यस्ता क्रियाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन लामिछानेले भने ।