Breaking

रास्वपाका प्रमुख सचेतकले संसदमा मागे माफी


काठमाडौँ — रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी मागेका हुन् । हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत् भएको घटनाका कारण तपाईंहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने । परियारले उक्त घटनाले रास्वपा कत्ति पनि विचलित नभएको बताए ।

अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानबिन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए ।