Breaking

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा सुरू


काठमाडौँ – भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरू हुँदैछ । तौमढी ९पाँचतले मन्दिर अगाडि० बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुन्छ ।

‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् । यही क्रममा चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिंगो ठड्याउने, वैशाख १ गते दिनभर लिंगो जात्रा गरी साँझ सो लिंगो ढाल्ने गरिन्छ ।

भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच कहिलेकाहिँ झगडा हुँदा तनावको स्थिति पनि सिर्जना हुने गर्दछ । त्यसैले जत्रालाई शान्तिपूर्ण रुपमा मनाउन आह्वान गर्दै भक्तपुरमा आइतबार सदभाव र्‍याली निकालिएको थियो । गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिइन् ।