Breaking

रविको रुप छताछुल्ल, २ करोड अडियोमा ओली पनि मुछिए, ढाकाले बद्नाम बनाए रास्वपा, प्रसाईंको कडा चुनौती


काठमाडौँ — रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले २ करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रव्यापी तरंग पैदा भएको छ । रास्वपाले उनलाई तत्काल निलम्बन गरेको छ भने २४ घण्टे स्पष्टिकरण पनि सोधेको छ । । तर यो प्रकरणले स्वयम् पार्टी नेतृत्वमासमेत प्रश्न तेसिृएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकजना ढाकाकुमार श्रेष्ठ नाम गरेका सांसदले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसंग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणले देश पुरै तरंगित बनेको छ ।

नबनोस पनि कसरी ? यही पार्टीका सभापति रविलामछाने उपनिर्वाचनको उम्मेदवार छन् । स्वयम रविलाई पनि यो अडियोले तानेको छ ।र नयाँ भनिएका दलका सांसद समेत करोडौँको घुस प्रकरणमा तानिएकाले पनि देशदेखि विदेशसम्म हलचल पैदा भएको हो । तीनै सांसद श्रेष्ठले आफु मन्त्री बन्दै गरेको र मन्त्री भएपछि अहराए सिकाए अनुसारनै फाइदामा काम गरिदिने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएको छ ।

प्रसाईंसँगको अडियो कुराकानीमा श्रेष्ठले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड भए हुन्छ । एक करोड चाहीँ चेक दिदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’ प्रसाईंले पनि मन्त्री बन्ने पक्का नै भएको हो भने, ढुक्क भएर बस्न भन्दै आफुले दुई करोड दिने ग्यारेन्टी गर्छन ।

उनीहरुबीच कुराकानी अझै अघि बढ्छ । रविसँग तीन जना छुट्टै व्यक्ति भएको र उनीहरुले विगतदेखि नै रविका लागि काम गर्दै आएको भन्दै पैसा उनीहरुलाई बुझाउनुपर्ने श्रेष्ठले बताउँछन् । त्यही कोर टीमबाट आफुलाई कुरा आएको भन्दै प्रसाईंसँग दुई करोड माग गरेका श्रेष्ठलाई प्रसाईंले रविलाई बुझाउने त होला नी ?भन्ने प्रश्न गर्छन् ।जवाफमा रविबाट सिधा कुरा नआए पनि पैसा त्यही जान आशय व्यक्त गर्छन् । प्रसाईंले प्रतिप्रश्न गर्दै रास्वपाले स्वास्थ्य नपाउने कुरा महामन्त्री मुकुल ढकालले बताएको बताउँछन् । तर श्रेष्ठले मुकुलरविको कोर टीममा नभएको भन्दै आजै कुरा फिक्स गर्नुपर्ने र उधारो टीमले नमान्ने बताउँदै प्रसाईंलाई छिटो काम गर्न अत्याउँछन् ।

कुराकानीका क्रममा श्रेष्ठले आफुलाई एमबीबीएस, एमएस डाक्टर भएको बताउँछन् । तर मेडिकल काउन्सिलको सूचिमा उनी एमबीबीएसमात्रै भएको रेकर्ड छ । त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि उनीसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्र्की पनि आकांक्षी थिए । तर माघ ३ मा मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य मन्त्रालय एमालेले पायो । रास्वपाबाट तोसिमा कार्की राज्यमन्त्री बनेकि थिइन । जतिबेला संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईं गर्दिनन् नि भन्ने प्रश्न गर्छन् । जसमा रास्वपा सांसद श्रेष्ठले मन्त्री छान्ने जिम्मा रविलाई भएको भन्दै कुनै समस्या नहुने बताउँछन् ।

झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले भोलि मन्त्री बनेपछि मेरो काम गर्नुपर्छ नि भन्दै श्रेष्ठलाई पैसा दिने ग्यारेन्टी गर्छन ।त्यतिबेला सांसद श्रेष्ठले डा. गोविन्द केसी देखेर दिक्क लाग्ने गरेको बताउँछन् । आफुलाई यो मान्छे कहिले मर्छ जस्तो लाग्ने गरेको समेत बताउँछन् । उनीबीच काठमाडौंमा भेटेर बाँकी कुरा गर्ने समझदारी बन्छ ।

पुस १० मा एमालेसहितको गठबन्धन बनेपछि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । जुन गठबन्धनमा रास्वपा तेस्रो ठूलो दलका रुपमा सहभागि थियो । जतिबेला मन्त्री बन्नेहरुको हानाथाप चलिरहेको थियो । यो कुराकानी माघ ३ मा मन्त्रिपरिषद् विस्तार हुनुभन्दा अघिको हो । जुन अहिले प्रसाईंले झण्डै तीनमहिनापछि सार्वजनिक गरेका हुन् । अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बित गर्दै २४ घण्टे अल्मिेटमसहितको स्पष्टिकरण सोधेको छ ।

तर दुई करोडको विषय प्रसाईंले तीनमहिनापछि सार्वजनिक गरेपछि उनीमाथि पनि प्रश्न उठेको छ । कतिले चुनावकै मुखमा रविलाई फसाउन चालेको कदमका रुपमा बचाउ गरिरहेका छन् । तर प्रसाईंले आफुसँग रविलाई दिनकै लागि २ करोड मागिएको भन्दै यसलाई प्रमाणित गर्न आफु जुनसुकै बेला तयार रहेको बताएका छन् । यो अडियो आफुले एमाले अध्यक्ष ओलीलाई पनि त्यतिबेलै दिएको तर उनले सार्वजनिक गर्न नचाहेको आरोप पनि प्रसाईंले लगाएका छन् ।

अडियो सार्वजनिक भएलगत्तै श्रेष्ठले प्रसाईँसँग गरेको कुराकानी आफ्नो नभएको भन्दै उम्किन खोजेका थिए । तर प्रमाणित हुने आधारहरु धेरै देखिएपछि उनी सम्पर्कमा छैनन् ।प्रसाईंले यस्ता अझै सात जना सांसदले आफुसँग यसरी नै पैसा माग गरेको भन्दै विस्तार सबै सार्वजनिक गर्ने बताएका छन् । ढाकाकुमार श्रेष्ठ उनै व्यक्ति हुन् जो पोखरामा सहकारी संचालन गर्दथे । र पोखराका सयौँ बचतकर्ताहरुलाई बचत रकम फिर्ता नगरि सम्पर्कविहिन् भएका थिए । अब यो विषय रास्वपाको भविष्य, भ्रष्टाचारविरोधी नारा र रविको नैतिकतासँग पनि जोडिएको छ ।

कतिले निलम्बन एक बचाउको अस्त्रमात्रै भएको भन्दै साधारण सदस्यसमेत हुन नपाउने गरि कारबाही गर्नुपर्ने बताएका छन् । श्रेष्ठले भनेझैँ रविको टीमभित्र मन्त्री बनाउन २ करोड खोज्ने खास व्यक्तिको पनि खोजी हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने आवाज उठिरहेको छ । तर यो विषयले अरुभन्दा फरक र उन्नत राजनीतिको नाम दिएर उदाएको पार्टीको चरित्रमाथि प्रश्न उठाएको छ । यदि यो विषय प्रमाणित भएको अवस्थामा रवि, उनको पार्टी र उनका नेताहरुमाथि विश्वास गर्नुको कुनै आधार बाँकी रहनेछैन ।