Breaking

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा


काठमाडौँ – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ ।

मुद्दा फैसला गर्न आजका लागि पेसी तोकिएको हो । सन्दीपविरुद्धको मुद्दाको पेसी १३औँ नम्बरमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन् ।

यसअघि दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दा सुनुवाइ भएको थिएन । आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ ।

गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनको आदेश उच्च अदालत ९पाटन० ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए ।