काठमाडौँ – बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् ।
बिहीबार राजधानीको टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाई विगत ५ वर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीवितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ ।
नायिका कार्की १ वर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया