Breaking

थाइल्याण्डमा अज्ञात व्यक्तिको समुहले गोली प्रहार गर्दा चार जनाको मृत्यु


काठमाडौँ – थाइल्याण्डको दक्षिणी भागमा एक अज्ञात व्यक्तिको समुहले गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको राजधानी बैंककबाट करिब ६ सय किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा प्रवेश गरेका बन्दुधकारीको समहुले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो ।

थाइल्याण्डमा विगत १२ महिनामा हिंसात्मक घटना तीब्र भइरहेको छ । थाइल्याण्डमा गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गर्दा २४ जना बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो ।

यसैगरी गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।