बिजनेस

सूर्य नेपालको मिन्टो बाइट टफी बजारमा


काठमाडौँ – सूर्य नेपाल प्रालिले नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो बाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्वीस्ट र्‍याप प्याकमा उपलब्ध हुनेछ ।

आकर्षक मूल्यसहित मिन्टो बाइट पाँच रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । मिन्टो बाइटको प्रयोगले अद्भूत सितलताको आभाषको साथै रिफ्रेसिङ अनुभव पनि गराउने कम्पनीको दावी छ । मिन्ट स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउने कम्पनीको भनाइ छ । अक्वा निलो र्‍यापरमा उपलब्ध मिन्टो बाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्ट स्वाद रुचाउने ग्राहकले मिन्टो बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्टो बाइट नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुने बताइएको छ ।