पर्यटन

हिमाल सरसफाई अभियान २०२३ मा कोका-कोलाको साथ


काठमाडौँ — नेपाली सेनोको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारा सहित आयोजीत चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।

सेनाको नेतृत्वमा सञ्चालन भईरहेको अभियान विभिन्न गैर नाफा–मुलक संस्थाहरु, कर्पोरेट हाउसहरु, नागरिक समाज र रिसाइक्लिङ्ग पार्ट्नरहरुको संयुक्त प्रयास रहेको बताइएको छ । अभियानमा कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठुलो डोनर रहेको कम्पनीले खुलाएको छ ।

अभियानमा पर्वतारोहीले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने अभियानको उद्धेश्य रहेको जनाइएको छ ।

आयोजका अनुसार सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८ हजार मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने कार्यक्रम चैत्र १४ देखि जेठ २२ सम्म सञ्चालन हुने बताइएको छ । अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएको फोहोर उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरलाई हस्तान्तरण गरिनेछ समेत खुलाएको छ ।