Breaking

विनोद चौधरीको अपार्टमेन्टले ललितपुरमा स्थानीयको घर भत्कायो, वस्ती नै जोखिममा (भिडियोसहित)


काठमाडौँ – ललितपुरको बखुण्डोलमा उद्यागी विनोद चौधरीको लगानीमा निर्माण भइरहेको रहेको समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । समिट अपार्टमेन्टको उच्च लापर्वाहीले स्थानीय बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

उद्योगी विनोध चौधरीको चौधरी ग्रुपले ललितपुरको बखुण्डोलमा निर्माण थालेको समिट अपार्टमेन्ट वरपरका घरहरु धमाधम भासिएका छन् । विनोध चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले आफू खुसी समिट होटललालई अपार्टमेन्टको रुपमा विकास गर्दै अन्दाधुन्द निर्माण थालेपछि वरपरका दर्जनौँ घरहरू भत्कीन थालेका छन् । दुई वटा घर पूर्ण रुपमा जमिन मुनी भासिएको छ । शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू एकाएक भासिएपछि बखुन्डोलमा आतंक नै मच्चीयो । २ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन् ।

अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको आक्रोश छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन ।

सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दावी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबास विहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् । शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेकी हुन् ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताउनु भयो । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन । उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन । स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।विनोध चौधरीको कम्पनीबाट लितिपुरबो बखुन्डोल सहित भैँसेपार्टीमा समेत निर्माण भइरहेको सिजि हिल्स लगायका हाउजीङ योजनाहरु कानुन मिचेर निर्माण भइरहेको भन्दै स्थानीयबाट चर्काे आलोचना हुने गरेकोछ ।