Breaking

किन संकटमा पर्दै छ माओवादी ? प्रचण्ड अस्थिर हुनुको कारण के ? अब पुर्नगठन कि खारेज ?


काठमाडौँ — शान्तीपूर्ण राजनीतिमा आएपछि निरन्तर खिईदै आएको माओवादी सानै संख्यामा भएपनि सत्ताको स्वाद चाख्ने अवसर पाईरहेको छ । उसको यो चरित्रलाई अस्थिरताको कारण मान्दै यसलाई तह लगाउनुपर्ने तर्क गर्नेहरु पनि छन् । यहि कारण माओवादीले चौतर्फी घेराबन्दी महसुस गर्दा पार्टीभित्रै नेतृत्व पुनर्गठनको आवाज चर्कोसंग उठ्न थालेको हो । फागनु १९ गते सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि एकाएक माहोल गर्मायो ।

एक त निरन्तर कमजोर बन्दै गएको माओवादी त्यसमाथि मुद्धाको अर्को अश्त्र प्रहार भएपछि पुर्वमाओवादीघटकहरु एक ठाँउमै उभिए । कसलै हतियार अझै नखिएको चर्को भाषण गरे भने माओवादी अझै कमजोर नभएको भन्दै कमजोर आकिए नतिजा नराम्रो हुनेसम्मको चेतावनी दिए । मुद्धाको चोटमै पनि प्रधानमन्त्री प्रचण्ड मुसुमुसु मुस्काए अनि सार्वजनिक मन्चमै आह्वान गरे – अव माओवादी एक हुनुपर्ने वेला आएको छ ।

माओवादीहरु अव एक हुन लागेको बाहिर चर्चा चल्यो भने त्यो आवश्यकता रहेको तर्कहरु समेत अघि आए । किनभने दिल्लिमा भएको १२ बुँदे शान्ती सम्झौतासंगै शान्तीपूर्ण राजनीतिमा आएको माओवादीको ईतिहासकै कमजोर मोडमा पुगेको विश्लेषण पुरानै हो । हुन पनि पहिलो संविधानसभामा झण्डै वहुमत ल्याएको माओवादी निरन्तर खिईदै ३२ सिटे भएको छ । माओवादीले यहि परिस्थितीलाई आफूमाथिको चौतर्फी आक्रमणका रुपमा लिदा पहिरो जाने क्रम अझै रोकिएको छैन ।

जनयुद्धका सहयात्री अर्को दल गठन गरेर अघि बढ्न थालेपछि विग्रिन थालेको माओवादीको ग्रहदशा यति कमजोर छ कि कुनै समय कांग्रेसका नेताहरुले नै माओवादी अर्को चुनावमा सकिने टिप्पणी गरेका थिए । एमालेले अव देश दुई पार्टीको अवस्थामा पुगेको भन्दै कांग्रेस एमाले एक भएर माओवादी सकाईदिने प्रस्ताव नै गरेका थिए । आफ्नो संकट बुझेकै कारण वृहत वाम एकता गर्ने भन्दै प्रचण्डले एमालेमा आफ्नो पार्टी समाहित नै गरे । तर त्यसमा पनि नटिकेका उनी चुनावपछि पनि त्यहि सम्भावनाको खोजी गर्दै एमालेसंग मिल्न गएका थिए । जसको सम्भावना पनि नदेखेपछि प्रचण्ड तत्काल काग्रेससंगै सहयात्राको निर्णयमा पुग्दा माओवादी भित्रैपनि रि ब्रान्डिङको प्रश्न उठिरहेको छ ।

पार्टीको आकारकै कारण रणनितिक मुभमा रहुनपर्ने बाध्यताकै कारण प्रचण्डमाथि राष्ट्रिय समस्याकै ट्याग समेत लाग्दा उनी पनि वृहत वाम एकताको पहलमै छन । तर त्यसको नेतृत्व आफैले गनुपर्ने उनको अडानले समस्या खडा गर्दा पुर्व माओवादी घटक मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकता भएको छ । जसले कम्युनिष्टकै धारमा पेलान खेपिरहेको माओवादीलाई अर्को दवाव थपिएको छ । यद्यपी राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भने अव माओवादीको क्षयीकरण रोकिने अवस्था नै नरहेको तर्क गर्छन ।

हुन पनि संख्यामा मात्र नभई मुद्धामै पनि माओवादी कमजोर बनेको छ । उसले आफ्ना उपलब्धी ठानेको धर्मनिरपेक्षता र संघियतामाथि नै अहिले धेरै प्रश्न उठेको छ भने यसको खारेजीको मुद्धा सहित राजनीतीमा आएकाहरुको शक्ती विस्तारै बढ्दै गएको छ । जहाँ माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी भाष्यका वीच पार्टीभित्रै उठेको फरक मत व्यवस्थाप अझ चुनौतीपूर्ण बन्दै गएको हो । जसले अहिलेसम्म खारेजी कि पुनर्गठन दुई विकल्प बाँकि रहेको माओवादी विकल्पविहिन हुने समय छिट्टै नआउला भन्न सकिन्न ।