Breaking

प्रचण्ड–माधवका समान दुःख,पार्टीमा बढ्दै असन्तुष्टि,सार्वजनिक मञ्चमै सवाल जवाफमा उत्रिए नेताहरु


काठमाडौँ — सत्तामा रहेर देशको वागडोर सम्हाली रहेका पुष्पकमल दाहाल प्रचण्ड र सहयात्री माधवकुमार नेपाललाई आफ्नै पार्टीभित्रका विवाद छताछुल्ल भएपछि तनावको स्थिति छ । सार्वजनिक मन्च र अभिव्यक्तिमै विवाद हुन थालेपछि आन्तरिक समन्वय खस्कीएको देखाएको छ । माओवादी भित्र नेता व्यवस्थापनको चर्को रस्साकस्सी चलिरहेका वेला महासचिवमा देव गुरुङले वाजी मारे । त्यसपछि गत भदौ २२ मा जनार्दन शर्मा सार्वजनिक कार्यक्रममै कड्किए ।

महासचिव चयनदेखि नै असन्तुष्ट रहेका तत्कालिन अर्थमन्त्री समेत रहेका उनले अध्यक्ष प्रचण्डलाई छेउमै राखेर आलोचना गरेपछि दुवै नेताबीच घोचपेच र सवाल जवाफ चलेको थियो । ठ्याकै ६ महिना कटेपछि उनले अहिले फेरि प्रचण्ड विरुद्ध फायर खोलेका छन । अर्थमन्त्री हुदा सिसिटिभी फुटेज प्रकरणमा प्रचण्डकै कारण जोगिएका उनी पार्टीमा उपमहासचिवमै खुम्चिएपछि प्रचण्डमाथि खनिदै आएका छन । केहि दिन अघि संसद भवनमै पनि सन्चारकर्मीमाझ सरकारको निति प्रति निकै आक्रमक सुनिएका उनले आज पनि पार्टीको निति ,नेतृत्व तथा सरकारको काम प्रति प्रश्न उठाएका छन ।

जहाँ प्रचण्डले जवाफ फर्काउँदै जिम्मेवारी दिएकाहरु पनि काठमाडौँमा रहेको भन्दै आफ्नो प्रतिरक्षा गरे । यता नेकपा एकीकृत समाजवादीमा पनि समस्या देखिन थालेको छ । मन्त्रीबाट फर्किनुपरेपछि त्यतिवेलै असन्तुष्टि व्यक्त गरेको समुह निर्वाचनमा व्यहोरेको हारले अझ गलेको छ । फलत ः ठुलो पङक्ती एमालेमा समाहित हुने गरि तयारीमा लाग्दा अहिलेको गठबन्धन अप्राकृतिक भएको भन्दै प्रश्न नै उठाएको छ ।

जहाँ सरकारमा खुम्चिएर जानुपर्ने अवस्था र उपनिर्वाचनमा मतदातामात्र बन्नुपर्ने स्थितीले उनीहरुको असन्तुष्टि अझ बढेको हो । निर्वाचनबाटै पार्टीका कदम अनुमोदिन हुननसक्नुले फुट प्रमाणित हुन नसकेको बताउन एकीकृत समाजवादीका सो हिस्साका नेताहरु पार्टी संकटमा परेको बताउन थालेका छन । वर्तमान गठबन्धन पाँचबर्ष टिक्छ भन्ने नेतृत्वको दावीकाविच देखिएको परस्पर विरोधी यो विचारले पार्टीमै संकट देखिन थालेको प्रष्ट भएको हो ।

जसले अहिले एमाले र कांग्रेस दुई धुव्र बनिरहदाँ माओवादी र समाजवादीमा प्रष्ट दुई धार देखिएको होे । यसको अर्थ कुनै वेला वामशक्ती एक हुने भन्दै नेकपा बनेका उनीहरु फरक बाटो हिडेको दुई बर्ष नवित्दै अघि बढ्न नसक्ने अवस्था पुगेका छर्लङ्ग भएको छ । फलत ः आफ्नो फुटले केवल कांग्रेस जस्ता शक्तीलाई नै वल पुगेको बुझाईमा पुगेका उनीहरुलाई समेट्न गरि नेतृत्व कसरी अघि बढ्छ भन्ने कुराले यी पार्टीको भविष्य निर्धारण हुने देखिन्छ । तथापी लोकतान्त्रीक विधि पद्धती अवलम्बन गरिएको देशमा नेतृत्वको स्वस्थ आलोचना हुनु, वादविवाद र छलफलबाटै विचार मन्थन हुनु सकरात्मक पक्ष हो ।