Breaking

न्यूनत साझा कार्यक्रममा गठबन्धनमा सहमति


काठमाडौँ – सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ ।

आज साँझ ५ बजे सार्वजनिक हुन लागेको सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । उनले आजै साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने बताए । त्यसअघि केही साना सुझावहरु भए सत्ता साझेदार दलहरुले दिन सक्ने गुरुङले बताए ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको नेताहरुले बताएका छन् ।