Breaking

मोरङमा एसईई दिइरहेका थप १४७ नक्कली परीक्षार्थी पक्राउ


काठमाडौँ – मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटको श्री सरस्वति नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रपछि थप दुई विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सार्वजनिक मावि केराबारीबाट १२७ र जनता मावि सुन्दर हरैचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । आज बिहान मात्रै सरस्वति माविबाट ५२ नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

मोरङको तीन वटा परीक्षा केन्द्रबाट एकैदिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले पुष्टि गरे । आज भइरहेको सामाजिक विषयको परीक्षा दिने क्रममा उनीहरू पक्राउ परेका हुन् ।