Breaking

खान ठिक्क पारिएको माछा जिउँदो भएपछि…(भिडियोसहित)


काठमाडौँ – जापनाको एक रेस्टुरेन्टमा ग्राहकलाई खानका लागि दिएको माछा जिउँदो भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ट्वीटरमा साझा गरिएको एउटा भिडियोमा ग्राहकलाई खानका लागि पस्किएको माछासहितको परिकार देख्न सकिन्छ । माछाका पारखी ती व्यक्तिले जब खानका लागि माछाको मुखमा चपस्टिक लैजान्छन् माछाले चपस्टिकलाई मुखमा हालेको देख्न सकिन्छ । माछाले चपस्टिकलाई छाडेन र ती व्यक्तिको माछा खाने प्रयास असफल भएको छ । ​

ओडी टेरिफाइट नामको ट्वीटरबाट साझा गरिएको भिडियोका प्रयोगकर्ताले लेखका छन्, रेस्टुरेन्टमा खानका लागि दिएको थालीमा माछाले चपस्टिक काट्दै ।

भिडियोमा देखिए अनुसार त्यहाँ माछा र सलाद सबै छ । सन् २०२३ फेब्रुअरी २३ मा शेयर गरिएको भिडियोलाई अहिले ९ लाख बढीले हेरेका छन् ।