Breaking

मोरङमा एसईई दिइरहेका ५२ नक्कली परीक्षार्थी पक्राउ


काठमाडौँ — मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर छ । पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका १९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको प्रधानध्यापक अकोश लुइँटेलले जानकारी दिए । विद्यालयमा २ सय ९१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । सरस्वती स्कुलमा ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् ।