Breaking

केपी ओली र भीम रावलको अन्तिम भिडन्त, के गर्ला एमाले ? किन भएन वार्ता ?


काठमाडौँ — पार्टीभित्र पार्टी अध्यक्ष विपरित लाइनमा हिडिरहेका नेता डा.भीम रावलाई किनारा लगाँउदै लगेको एमालेले अव औपचारिक रुपमै उनी वारे छिनाफानो गर्ने तयारी गरेको छ । अछाममा भएको घटना र रावलले गरिरहेको तयारीले झस्किएको एमाले उनको योजना कार्यान्वयन अघि नै निर्णयमा पुग्ने रणनितिमा छ । तर वार्ता टोली नै गठन भएको ४ औ दिनसम्म कुनै बैठक बसेको छैन । पार्टी पदाधिकारीको सम्पर्कमै नआउने तर प्रहार गरिरहने बाटोमा डा.भीम रावल लाग्दा पार्टीमा क्षती पुगेको अनुभव गरेको एमाले उनीसंग अन्तिम लडाईमा छन ।

दश भाईमध्येका सवैलाई व्यवस्थापन गरेपनि अजिर निस्किएका रावल विरुद्ध यसै जान नसकिने वुझेको पार्टीले औचपारिक बाटो नै अंगालेको हो । फरक विचार राखेकै कारण भित्तामै पुर्याउने एमालेको नीति भने अछाम घटनाले सिर्जना गरेको हो । मिसन ग्रासरुड अभियानका क्रममा उपाध्यक्ष विष्णु पौडेल अछाम जाँदा रावल जिल्लामै बसेनन् । उनको आलोचना भएपछि समर्थकले एमाले सभामा कुर्सीसमेत फालेका थिए । उपाध्यक्ष पौडेलले अछाम र डोटीका पार्टी कार्यक्रममा रावलको चर्को आलोचना गरेपछि उनले धनगढीमा पत्रकार सम्मेलन गरेर जवाफ फर्काएका थिए । केन्द्रका नेताले उत्तेजित अभिव्यक्ति दिएपछि जवाफ फर्काउनु स्वभाविक भएको रावलले तर्कले पौडेल र उनको दोहोर नै चलेको थियो ।

अन्तरविरोध अन्त्यकै लागि जारी ग्राष्टरुटमै सिर्जित समस्याले हेविवेट नेता भिडेको यो घटनासंगै शनिबार बसेको एमाले सचिवालय बैठकले उनै रावलसँग वार्ता र छलफल गर्न भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति नै गठन ग¥यो । समितिमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सदस्य छन् । रावललाई यथास्थितिमै छाड्दा सुदूरपश्चिममा एमालेका नेताहरूलाई संगठन विस्तार र सुदृढीकरणमा समस्या परिरहेको छ ।

त्यसैमाथि सुदूरपश्चिमबाट नेतृत्व गर्ने एमालेका शीर्ष तहका नेताहरूमा एकता समेत छैन भने हाल ईञ्चार्ज रहेका पुर्वमाओवादी नेता लेखराज भट्टले पहिलेदेखि नै एमाले रहेकाहरूलाई राम्रोसँग बुझ्न सकिरहेका छैनन् । यसले विना कारण रावलाई हटाए पार्टीमा अझ वढि क्षती पुग्ने आकंलनकै कारण वारपार’को अस्त्रस्वरुप वार्ता टोली बनाइएको विश्लेषण सुरु भएको हो ।

पार्टीले भित्तामै पुर्याएको नेताका रुपमा रावलमाथि सहानुभुती बढ्दो छ । अन्य प्रदेशमा पुरानै इञ्चार्जहरूलाई पुनर्बहाली गरिए पनि सुदूरपश्चिममा रावलको सट्टामा बनाइएका भट्टलाई अध्यक्ष ओलीले निरन्तरता दिए । चुनावमा टिकट दिएनन् भने अहिले मन्चमा रावल विरुद्ध खरो उत्रिनेहरु पनि पूर्व माओवादी नेताहरु नै छन ।

जसले भट्टकै कारण रावललाई किनाराकृत गरिएको भन्दै रावलनिकट नेता कार्यकर्ताले आक्रोशित बन्दा एक ढिक्का रहेका तत्कालीन सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र भट्टको पनि सम्बन्धमा दरार आएको छ । जसले रावलको वर्हिगमन या पुनरागमन एक मात्र उपाय भएको निष्कर्षमा एमाले नेतृत्व पुगेको हो । जहाँ रावल केन्द्रमा ओलीले माधव नेपाललाई नै राष्ट्रपति अफर गरेको नजिर देखाँउदै एमालेमा अपहेलित भएर बस्नुभन्दा नयाँ ‘मुभमेन्ट’तर्फ लाग्नु श्रेयष्कर हुने भन्दै आफ्ना अतिनिकटस्थ नेताहरूसँग छलफल गरेका थिए ।

रावलनिकट मात्रै होइन, रावलइतर गुटमा रहेका तर अहिले प्रताडित सुदूरपश्चिमका केही नेता–कार्यकर्तालाई पनि फकाईरहेको उनी पनि एमालेले घचेटेर नै आफू बाहिर हुन पुगेको अवस्था आए सहानुभती अझ बढ्ने विश्वासमा छन । यहि कारण अहिलेसम्म आफू एमाले नै भएको बताउने उनी धेरै पेलानमा परे नयाँ विकल्प रोज्ने धम्की समेत दिईरहेका छन ।

यसरी हेर्दा रावल एमालेका लागि निल्नु न ओकल्नु बन्दा दुवै पक्ष बाध्य भएर अन्तिम निर्णय लिनुपरेको वातावरण सिर्जना गर्ने बाटोमा छन । फलत ः वार्ता टोली गठन गरेर दवाव बढाएको ओली पक्ष अहिलेसम्म पनि वार्ता मै भने अघि बढि हालेको छैन । यो वुझेका रावल पनि भित्रभित्रै तयारी सहित अघि बढेका छन ।