काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको छ । ट्रम्पले न्युयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । अब उनको मुद्या प्रक्रिया कसरी अघि बढ्ला त ? यतिबेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विश्व मिडियाको केन्द्रमा छन् । अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपतिमाथि फौउजदारी मुद्धामा उनि पक्राउ परेका हुन् । न्युयोर्कको अदालतमा आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध आपराधिक अभियोग लगाईएको छ । पोर्न स्टार स्टर्मी ड्यानियललाई दिएको भुक्तानी कानुनी शिर्षकमा देखाएको कसुरमा ट्रम्प अदालतमा तानिएका हुन् ।
कुनैबेलाको चर्चित पोर्नस्टार स्टोर्मी ट्रम्पको बाँकी राजनीतिक जीवनका लागि दीर्घ रोग बनेकी छिन् । गल्फ टुर्नामेन्टको दौरानमा पोर्नस्टार स्टोर्मी डेनियल र डोनल्ड ट्रम्पबीच भेटघाट भएको थियो । टुर्नामेन्ट सकिएपछि पोर्नस्टारलाई आफ्नो होटलको कोठामा बोलाउँदै एक टेलिभिजन शोमा काम लगाइदिने बाचा गरेपछि उनीहरुबीच शारिरीक सम्बन्ध भएको थियोे । अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्नस्टार स्टोर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो ।
यो पैसा उनले ट्रम्पसँगको शारिरीक सम्बन्ध बारेमा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत ट्रम्पले दिएका थिए । कानुनी रूपमा यो भुक्तानी अवैध थिएन तर जब ट्रम्पले डेनियललार्ई भुक्तानी गरे उनले यसलाई कानुनी शुल्कको रूपमा जोडेका थिए । न्युयोर्क प्रशासनका वकिलका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरूसँग छेडछाड गरेको घटना भएको बताएका छन् । तर ट्रम्पले भने सम्पूर्ण अभियोग अस्वीकार गर्दै आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् । ४४ वर्षीया अभिनेत्री स्टोर्मी डेनियलको वास्तविक नाम भने स्टेफनी क्लिफर्ड हो । उनी फिल्म अभिनेत्री र निर्देशक पनि हुन् । अहिले ट्रम्पको फौजदारी मुद्दा निकै चर्चामा रहेपनि उनीअघि विश्वका धेरै नेताले फौजदारी मुद्दा खेपेर सजाए पनि भोगेका छन् ।
अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिष्टिना फर्नान्डिज,ब्राजिलका हालका राष्ट्रपति लुला दा सिल्भाल, क्रोयसियाका पूर्वप्रधानमन्त्री इभो सान्दर,फ्रान्सका पूर्वराष्ट्रपति ज्याकस चिरक, जर्मनीका पूर्व राष्ट्रपति क्रिष्टिन वुल्फ, इजरायलका पूर्वराष्ट्रपति मोहे कातस्भ, इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्सकोनी, मलेसियाका पूर्व प्रधानमन्त्री मुइदिन यासिन, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान, पोर्चुगलका पूर्वप्रधानमन्त्री जोसे सोक्रेत लगायत अन्य धेरै देशका उच्च ओदामा बसिसकेका व्यतिmहरुलाई जिभिन्न फौजदारी मुद्दा छन ।
फौजदारी मुद्दा खेपिरहेका डोनाल्ड ट्रम्पको अर्को मोडलसँग पनि त्यस्तै गतिविधि गरेको अभियोग लागेको छ । ट्रम्पविरुद्ध मुद्दा अभियोजन गरेकाहरूले मोडल करेन डोगलसँग पनि ट्रम्पले उस्तै व्यवहार गरेको जिकिर पेश गरेका छन् । ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक अभियोग छन् । अर्को वर्ष हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका ट्रम्पलाई यी अभियोगहरुले निकै ठूलो धक्का लाग्ने सम्भावना छ ।
प्रतिक्रिया