Breaking

सर्वोच्चले माग्यो रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण


काठमाडौँ — सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको प्रमाण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुँयालको इजलासले रविले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाउन आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेश गर्नू । र

वि लामिछानेले अमेरिकी राहदानी त्याग नगर्दै नेपाली राहदानी लिएको र प्रयोग गरेको आरोप लागेको छ । उनले अमेरिकी नागरिकता र राहदानी कायम रहेको अवस्थामा खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर नेपाली राहदानी लिएका थिए । सर्वोच्चले रविले अमेरिकी राहदानी त्याग गरेको प्रमाण नेपालको कुन कार्यालयमा पेश गरेका थिए भनेर माग गरेको हो । रविले खारेज भएको नेपाली नागरिकता पेश गरेर राहदानी लिनु गैरकानुनी भएको भन्दै उनीविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी परेको थियो ।

तर ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भन्दै सिन्धुलीका युवराज पौडेल सफलले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलगायत विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।