राजनीति

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने


काठमाडौँ — नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा आगामी शुक्रबार बेइजिङमा बस्ने भएको छ ।

बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव पौडेल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।