Breaking

रवि र वि.पि.उस्तै हुन् भनेपछि स्वर्णिमसंग जंगिए गगन,काँग्रेसका दुई महामन्त्री मैदानमै


काठमााडौँ — गठबन्धन दलहरुविचकै प्रतिस्पर्धा र हेविवेट उम्मेद्वारले रोचक बनेको उपनिर्वाचनमा भोट माग्न केन्द्रीय तहकै प्रभावशाली नेताहरु मैदान उत्रिएका छन । काँग्रेस र एमालेका प्रभावशाली तथा चर्चित नेताहरु निर्वाचनको मैदानमा उत्रिएर उम्मेदवारका बारेमा व्यक्तिगत छेडछाड सुरु गरेका छन् । कांग्रेसभित्र दाई भाउजुको पेलान खप्न नसकेको भन्दै महामन्त्री गगन थापा लगायतलाई छोटो मोबाइल सन्देश छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनँहु १ बाट उम्मेदवार बनेका छन ।

फलत ः आफ्नो जित सुनिश्चत गर्न पूर्वपार्टी कांग्रेसलाई गाली गर्न थालेका उनले परम्परागत र पुराना पार्टीहरुमा टिकटको किनबेच नै हुने गरेको आरोप लगाए । आफू पछि फर्किने नभइ अघिबढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताएका उनले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे।स्वतन्त्र पार्टीको टिकट हातमा बुझिसकेपछि गगन थापा लगायलाई संकेत गर्दै पहिलो प्रहार खोलेका उनले काँग्रेसमा महामन्त्रीद्धयगगन थापा र विश्वप्रकाश शर्माको हैसियत नै नभएको सम्म भन्न भ्याए ।

अर्कातर्फ रविकै छत्रछायामात्र आफ्नो सफलताको आधार मानेका उनले लामिछाने नै सर्वस्व मानेका छन् ।चाप्लुसी यतिसमम्म बढेको छ कि उनलेगगन थापा लगायतले विपिलाई आफ्नो आदर्श मानेर अघि बढिरहेका वेला चितवन पुगेर स्वर्णिम वाग्लेले कांग्रेसीले विपिलाई लात हानिसकेको मात्र बताएनन् । बरु विपिको झल्को रविमा देखिन थालेको बताए । चितवनमा आइतबारसञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले वि.सं. २०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताए ।

यसरी निरन्तर कडा शब्दका कटाक्ष गरेका उनलाई तह लगाउन नेतृत्वले पनि गगन थापालाई नै तनहु खटाएको छ । फलत ः उम्मद्वारी दर्ताको दिनमै आक्रमक रुपमा प्रस्तुत भएका गगनले आफैले तयारको गरेको घोषणापत्रमा पाँच महिनामा आफू टिक्न नसक्नेले वौद्धिकताको दम्भ नदेखाए हुने टिप्पणी गरेका छन । वाग्लेलाई टुरिष्ट उम्मेद्वारको संज्ञा दिएका थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने प्रयोगशाला नभएको बताए । संघर्ष गर्नेले घरभित्रै संघर्ष गर्नुपर्ने बताएका उनले वाग्लेलाई वाहिर गएर ढुङ्गा हान्नु उचित नहुने चेतावनी समेत दिएका छन ।

अब केही दिन न्याय–अन्याय, मान–अपमानको विषय सुनिने बताएका गगनले कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न देशभरिका तन्नेरीहरुलाई आग्रह गरे । वाग्लेको नाम नलिईकडा टिप्पणी गरेका उनले आफू विदेशमा जागिर खाएर आएकोले आफु सक्षम भन्नेहरुले आफूहरुले सडकमा लडेको विर्सन नहुने बताए । अझै अघि बढेर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताएका उनले त्यसो यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने थापाको दावी छ ।

अहिले स्वर्णिम विरुद्धको लडाई गगनको प्रतिष्ठाको लडाई नै बनेको छ भने सिङ्गो पार्टी नै युद्धस्तरमा खटिएको छ । त्यहिमाथि स्वर्णिमले खोलेको फायरले उनीहरुलाई अझ क्रुद्ध बनाएको हो । जहाँ चितवन पुगेर अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि वाग्लेलाई सुसंस्कृत बन्न सुझाएका छन। वाग्लेले पालो नपर्खी पार्टी छाडेको आरोप लगाएका उनले कांग्रेसले कविता सुनाउने क्षमता देखेर मञ्च दिँदा नाच्छु भन्दै अघि बढेकोले अहिले प्रश्न गरेर बाहिरिएको व्यङग समेत गर्न भ्याएका छन ।