देश

२६२२औँ महावीर जन्म कल्याणक समारोहका अवसरमा मंगलबार प्रभातफेरी


काठमाडौँ — जैन धर्मावलम्बीहरूका आराध्यदेव भगवान महावीरको २६२२औँ जन्म कल्याणक समारोह ‘अर्चना सभा’ आयोजना हुने भएको छ । नेपालका अहिंसावादी संघ संस्थाहरूको सहभागितामा नेपाल जैन परिषद्ले मंगलबार बिहान ९ः३० बजेदेखि कमलपोखरीस्थित भगवान महावीर जैन निकेतनमा अर्चना सभा गर्न लागेको हो ।

आचार्य श्री महाश्रमणज्यूकी विदुषी शिष्या समणी निर्देशिका डा. निर्वाणप्रज्ञाज्यू एवं समणी श्री मध्यस्थ प्रज्ञाज्यूको सान्निध्य तथा नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनकोे अध्यक्षतामा हुने कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । सोही दिन बिहान ६ः४५ बजे प्रभातफेरी शोभायात्राले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ ।