Breaking

माइतीघरमा मिटरब्याज पीडितको दोस्रो टोलीको प्रदर्शन


काठमााडौँ — मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर सोमवार माइतीघर मण्डलामा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन् । यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको एउटा समितिसँग पाँच बुँदे सहमति गरेको छ ।

तर सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौँ आएर आन्दोलन सुरु गरेका छन् । सोमवार काठमाण्डौमा आएका मिटिरब्याजी पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।