काठमाडौँ – लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौं बैठक सोमबार दिउँसो बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले यहि चैत १६ गते एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएको हो । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम ९३० बमोजिम अनुरुप बैठक बस्न लागेको हो ।
सोमबार बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेश गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेससहित अन्य दलले मुख्यमन्त्री गिरीको राजीनामा माग्ने तयारी समेत गरेका छन् ।
यता लुम्बिनीमा नेकपा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, नेकपा माओवादीसहितका ८ दलले समर्थन फिर्ता लिइसकेकाले छन् । जसका कारण लुम्बिनी प्रदेश सरकार अल्पमत परेको छ ।
प्रतिक्रिया