समाचार

डिशहोमको आईटीभीमा आईपीएल क्रिकेट हेर्न सकिने


काठमाडौँ – डिश मिडिया नेटवर्कले सुरु गरेको आईपी टिभीले चर्चित क्रिकेट प्रतियोगिताहरु देखाउने भएको छ । डिशहोमको आईपीटीभीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न सकिने भएको हो ।

नेपालको पहिलो प्रिमियम आईपी टिभी डीएच आईटीभी, डीटीएच र टेरेस्ट्रियल (टी२० भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकलमा आधारित भएको कारण यो आईपी टिभीमा आईपीएल एचडी क्वालिटीमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

यसबाहेक आईपीटीभीमाा अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि आफूले चाहेको समयमा हेर्न सकिने कम्पनीको भनाइ छ ।

लाइभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलहरु हेर्न सकिने जनाइएको छ । डिशहोमका यी विशेष च्यानलहरुलगायत २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरु, आवश्यकताअनुसारको भिडिओलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

आईपी नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि इन्टरेनट आवश्यक पर्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबरनेट जडान गरी आईटीभीको मज्जा लिन सक्ने डिशहोमले जनाएको छ ।