Breaking

भीम रावललाई निकाल्न ओलीको शक्ति प्रयोग, उपचुनावमा छैनन् गतिला उम्मेदवार, एमालेको भूमिका अलमलमा


काठमाडौँ– राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको भूमिका लगभग अलमलपूर्ण अवस्थामा छ । आफ्नै पार्टीभित्रको निर्णय प्रक्रियामा समेत कमजोर देखिएको एमालेले सदनमा समेत आफ्नो भूकिालाई स्पष्ट पार्न सकको छैन । यस्तो अवस्थामाआन्तरिक टकराव चर्काउन नेताहरु नै सक्रिय बनेका छन् । सत्ता र सबथोक गुमाउन बाध्य बनेको एमाले अहिले आक्रोश जति सबै आफ्नै नेता भीम रावलमाथि खन्याइरहेको छ । ११ दलीय गठबन्धन बनेपछि एकाएक प्रतिपक्षी बन्नु परेको नेकपा एमालेले पूरै ध्यान सरकारको खबरदारीतर्फ लगाउनु पर्नेमा घर झगडामा लगाइरहेको छ । त्यो पनि पार्टीका एक प्रभावशाली र पार्टी निर्माणमा जीवन पर्यन्त लागरहेका नेता माथि जोरी खोजेर ।

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि भीम रावलकै गाउँ पुगेर टकराव चर्काएका विष्णु पौडेलसम्मले सम्पूर्ण शक्ति रावललाई पार्टीबाट निकाल्न खर्चिरहेका छन् ।यसका लागि पार्टीले तीन सदस्यीय कार्यदल बनाएको छ । जसमा रावलका कट्टर विरोधी पौडेल संयोजक छन् भने रावललाई सकाएर सुदूरपश्चिममा एकलौटी गर्न खोजिरहेका लेखराज भट्ट र कर्ण थापा सदस्य छन् । जुन कार्यदलको काम रावलसँग वार्ता गर्दै सहमति जुटाउने हो । तर उनीहरु सहमति जुटाउने भन्दा कसरीहुन्छ पार्टीबाटै निष्काशन गर्ने नियत राखेर अघि बढेको देखिन्छ ।

आफुले चाहे एक हप्तामै सरकार ढाल्ने अभिव्यक्ति दिएको एकमहिना वित्यो ।अभिव्यक्ति दिनेभन्दा अर्काे नीति एमालेको छैन । न संसदमा एमालेको अनुहार हेर्दा उत्साहप्रद छ । प्रतिपक्षमा बसेर खबरदारी गर्ने भूमिकासमेत खेलेको छैन । सत्तावादी दलहरु सभामुखकै अधिकार कटौती गर्ने तहमा पुग्दा एमाले बलियो प्रतिवादमा छैन । बरु मुस्ताङमा विश्व विद्यायल बन्ने विषयमा अध्यक्षले दिएको अभिव्यक्तिलाई लिएर एमाले कार्यकताहरुले मिसनग्रासरुटकै कार्यक्रम बहिष्कार गरेका छन् ।बैशाख १० को उपचुनाव मुखमै रहेका बेला एमालेको तदाकरुकताजित्ने खालको छैन । सम्भवत नजित्ने आंकलन सहित एमाले नेताहरु उपचुनावलाई लिएर हौसिएका छैनन् ।

उपचुनावमा आकर्षक उम्मेदवार दिन नसकेको एमालेले चितवनमा चुनाव लड्न नेताहरुकै अनिच्छा भएपछि बल्ल नाम तय गर्न सफल भएको छ । बारामा उम्मेदवारीबारे टुंगो लागेकै छैन । तनहुँ १ मा यसअघि नै काठमाडौ–६ मा हारेका सर्वेन्द्र खनाललाई पुनः उम्मेदवारबनाएपछि विपक्षीहरु हौसिएका छन् । यस्तो अवस्थामा संसदकै दोस्रो ठूलो शक्ति खरो प्रतिपक्षीमा देखिनु पर्ने थियो । मिटरव्याजी पीडितको मुद्यालाई सदनमा बलियो बनाउनु पर्ने थियो भने सरकारको दैनानुदिन कामगराईलाई ठूलो स्वरमा सतर्क गराउनु पर्ने थियो । तर एमालेको भूमिका न संसदमा देखियो न उपर्विाचनको तयारीमा । विडम्बनाः एमाले फगत घर झगडामा रुमलिएको छ ।