Breaking

काँग्रेसमा चर्कियो कलह, स्वर्णिमलाई हराउने जिम्मा गगनको,एक मन्त्री बनाउन नसक्ने कमजोरदुई महामन्त्री


काठमाडौँ– सरकार विस्तारको रस्साकस्सी चलिरहेका बेला नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवासमक्ष अर्थमन्त्री बन्ने इच्छा जाहेर गरेका थिए । तर देउवाले गगनलाईअर्थमा ठाडो अस्विकार गर्दै स्वास्थ्य मन्त्रालयमै पुन दोहोरिन आग्रह गरेका थिए भन्ने चर्चा छ । त्यसपछि गगन थापाले आफूलाई प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा कसैले पनि अर्थमन्त्री बनभ नेर प्रस्ताव नगरेको प्रष्टिकरण दिँदै यो क्याविनेटमा मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तथापी उनी आफ्नो समूहबाट सम्मानजनक सहभागिताको खोजीमा अघि बढे ।

तर देउवाले यहाँ पनि सम्मानजनक स्थान दिएनन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा,संसदीय दलमा आफैलाई सघाएका प्रदीप पौडेललाई मन्त्री बनाउने प्रस्तावसहित देउवालाई भेट्न पुग्दा राज्यमन्त्रीसम्म बनाउँछु भनेपछि काँग्रेसभित्र दुईमहामन्त्रीको हैसियत कमजोर रहेछ भन्ने काँग्रेसजनलेभेउ पाएका छन् ।काँग्रेसले पाएका ८ मध्ये मात्र दुईमन्त्रालय देउवाले शेखर–गगन समूहका लागि छुट्याएपछि काँग्रेसमा कलह बढेको छ । सम्मानजनक भाग नपाएको भन्दै शेखर समूह देउवाप्रतिको निरिहता ढाक्न सरकारमै सहभागि भएको छैन ।

शेखर गगन समूहले धनराज गुरुङ, डिगबहादुर लिम्बुसहित प्रदीप पौडेल र बद्री पाण्डेमध्येसरकारमा सहभागि गराउन तीनवटा मन्त्रालय माग गरेको थियो । तर देउवाले नचाहेपछि निरीह बन्नुभन्दा अर्काे विकल्प उनीहरुसँग भएन ।किनकि पुस १० मा एमाले नेतृत्वको गठबन्धनबन्दा सत्ता गुमाउनुको दोष शेखर–गगन समूहले देउवामाथिमात्रै थुपारेको थियो । पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पनि प्रतिपक्षमा बस्नुपर्ने दबाब दिएको विषयले देउवा चिड्ढीएका थिए । जसको बद्ला अहिले आफ्नै नेतृत्वको गठबन्धन बनेपछि देउवाले फर्काएका छन् । तर यसले स्वास्थ्य, परराष्ट्र, कानुन र खेलकुद मन्त्रालय रिक्त बनेका छन् ।सपथ खान तयार भएका मोहनबहादुर बस्नेत र एनपी साउद पनि रोकिएका छन् ।अहिले शेखर समूहले न्यायोचित व्यवहार नभए जोसुकै सरकारमा सहभागि भएपनि आफु नजाने बताएको छ । यसले काँग्रेसलाई झनै विभाजनको दिशामा अघि बढाएको छ ।काँग्रेसको राजनीतिलाई नजिकबाट बुझेकाहरु पनि रुपान्तरित भन्दै उदाएका गगन–विश्वहरु असफल भइसकेको भन्दै विभाजनमा नजानुपर्ने कुनै कारण नरहेको बताउँछन् ।

गगन–विश्वले काँग्रेसभित्रप्रभावशाली मानिएकाअर्थविद् डा. स्वर्णिम वाग्लेको क्षति रोक्न सकेनन् । मंसिर ४ को आमचुनावमा काठमाडौं ५, चितवन १ र गोरखा १ मध्ये जहाँको भएपनि टिकटको खोजीमा रहेका स्वर्णिमलाई देउवाले नचाहेकै कारण गगन–विश्व टिकट दिलाउनअसफल भए ।राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सल्लाहकार बनाउन खोजेपनि देउवापत्नी आरजु राणा भड्किँदा स्वर्णिम त्यहाँबाट पनि बहिर्गमित भए । देउवा परिवारमा स्वर्णिमप्रतिको ‘नफरत’ यतिरहेछ कि, गगनलाई अर्थमन्त्री बनाउँदा सल्लाहकार बनाउँछ भनेरै रोकिएको अड्कालबाजी शेखर समूहले गरिरहेको छ । तीनैस्वर्णिमलाई रास्वपाले टिकट दिएर अहिले काँग्रेसका गोविन्द भट्टराईविरुद्धै खडा गरेपछि गगन–विश्व मुकदर्शक बन्नुपरेको छ । त्यतिमात्र कहाँ होर, गगनकै टीममा बसेर सक्रिय रहेका स्वर्णिमलाई हराउने जिम्मा पनि देउवाले गगनकै काँधमा छोडेका छन् । जुन जिम्मेवारी गगनका लागि फलामको चिउरा चपाएभन्दा चर्काे हुनेछ । आइतबार काँग्रेसले तनहुँ १ को चुनावी कमाण्डर महामन्त्री गगन थापालाई तोकेको छ ।

स्वर्णिम काँग्रेसबाट बाहिरिनु सामान्य कुरा हो । उनी काँग्रेसमा त्यति प्रधावशाली सांगठनिक नेता पनि होइनन् ।तर उनकोविज्ञताबारे काँग्रेसमा प्रश्न चाहीँ निःसन्देह थिएन ।असामान्य तथ्य चाहीँ के हो भने, काँग्रेसभित्र शेखर, गगन–विश्व र प्रदीपहरु यति कमजोर बनेका छन् कि, स्वर्णिम जस्ता व्यक्तिलाई टिकट दिनसक्ने हैसियत उनीहरुले बनाउन सकेका छैनन् । र भागवण्डाको राजनीतिमा पनि देउवाद्धारा डीमुनी पुर्याइएका छन् । त्यसो त अब आफ्नै कल्याणका लागि भएपनि विश्लेषकहरुले उनीहरुलाई पार्टी फुटाउनेसम्मको सुझाव दिएका छन् ।