Breaking

गगन–शेखरलाई धक्का,रवि फाइदामा, स्वर्णिमको बहिर्गमनले किन आत्तियो काँग्रेस ? रास्वपाले थेग्न सक्ला ?


काठमाडौँ — पार्टीनिकट रहदै वुद्धिजिवीको भूमिका खेलिरहेका अर्थविद् स्वर्णिम वाग्लेको बहिर्गमनले नेपाली काँग्रेसभित्र छटपटी छ । मुल नेतृत्वलाई यसको प्रभाव नभएपनि संस्थापनइतरको गगन थापा समूह र तल्लो पंक्तिले क्षतिको महसुस गरिरहेको छ । के स्वर्णिमको बहिगर्मनले काँग्रेस आत्तिएकै हो त ? बैशाख १० को उपनिर्वाचनका लागि तनहुँ एकमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको नेपालीकाँग्रेसले त्यतिबेला‘सरप्राइज’ पायो, जतिबेला काँग्रेसकै प्रभावशालीभित्र चिनिएका अर्थविद् डा. स्वर्णिम वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भए ।

काँग्रेसभित्र आर्थिक नीति, योजना रबौद्धिक–सैदान्तिक विचार विमर्शमा भूमिका खेल्दै आएका वाग्लेको प्रवेशले तनहुँको उपनिर्वाचन एकाएक चर्चामा आएको छ । काँग्रेसभित्रकै एक तप्काभने स्वर्णिमको बहिर्गमनमा दुख मनाउ गरिरहेको छ । देउवा र आरजुलाईतेजोबध गर्दै काँग्रेस छोडेको घोषणा गरेपछि मुलधारका पार्टीमा युवाको छटपटीलाई प्रतिबिम्वित गरेको अर्थमा टिप्पणी भइरहेका छन् । तर काँग्रेसभित्र स्वर्णिमकोमूल्य नभएको अर्थमा उनको योगदानमाथिनै नेताहरुले प्रश्न उठाएका छन् ।

तथापी स्वर्णिमको बहिगर्मनले काँग्रेस नझस्किएको होइन । पार्टी छोड्ने तयारी गरेलगत्तै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले रोक्ने प्रयास गरेकै हुन् ।तर उनीहरुकै नाममा चिठ्ठी लेखेर बाहिरिएका स्वर्णिमलाई गगन–विश्वको सानोतिनो प्रयासले रोक्न सकेन ।बरु उनीहरुसहित संस्थापनइतरको नेतृत्व गरेका नेता शेखर कोइरालामाथि नै प्रश्न उठाएर ‘तपाईँहरुले निर्णायक हैसियत’बनाएपछिमात्रै सहकार्य गरौंला भन्ने सन्देश छोडिदिए ।

यसले स्वर्णिमकै बलमा बन्दै गरेको ‘प्रोजेक्ट गभर्मेन्ट’मा समेत गगनलाई धक्का परेको छ ।अर्थमा राम्रो ज्ञान भएका उनलाई एसियाली देशमा बलियो अर्थशास्त्रीको दर्जा दिएकै कारण काँग्रेसको एउटा तहले गहनाकै रुपमा हेरेको थियो । काँग्रेसबाटै अर्थमन्त्री भएर देशलाई संकटमोचन गर्ने अर्थमा हेरिएका स्वर्णिमको बहिर्गमनले यसैकारण पनि काँग्रेसमा सन्नाटा छाएको हो ।किनकि नीतिगत तहमै प्रभाव भएका मनिष झापछि काँग्रेसबाटै रास्वपा प्रवेश गर्ने स्वर्णिम दोस्रो व्यक्ति हुन् । यसले क्षमतावान् व्यक्तिकाँग्रेसमा चाहिँदैन भन्ने प्रश्न पनि उठेको छ ।

तर उनी काँग्रेसका नेताकम र वुद्धिजिबीका रुपमा बढी चिनिन्थे । यसर्थ उनले केही प्रश्नको सामना भने गर्नुपर्नेछ ।यही बसेर राजनीति गर्नेहरुले अवसर नपाएका बेला अमेरिकी जीवनयापनलाई प्राथमिकता दिएर उत्तै बस्दै आएकालाई काँग्रेसले किन प्राथमिकता दिने ?विदेशी जहाजबाट ओर्लिएलगत्तै काँग्रेसले योजना आयोगकोसदस्य हुँदै उपाध्यक्षसम्म बनाएकै थियो । तर अतृप्त अवसरको खोजीमा काँग्रेसभित्रै उनले कित्ता फेरबदल गरिरहे ।

पछिल्लो समय गगनको निकट रहेर सक्रियबनेपनि अन्तिममा आफैलाई निर्वाचन क्षेत्र छोड्न तयार भएका गगनलाई नै लात हानेका छन् ।जबकि यसअघि उनै स्वर्णिमले एक पाठ पढाएका थिए, जसमा टिकट नभएकै भरमा पार्टी छोड्नु भनेको परिपक्क राजनीतिक संस्कार नभएको उल्लेख थियो ।

चुनाव जित्न चुनौती भएपनि स्वर्णिमको रास्वपा प्रवेशले घोषणापत्र निर्माणदेखि पार्टीको नीतिगत तहमा फड्को मार्ने देखिन्छ ।किनकि मंसिर ४ को निर्वाचनमा काँग्रेसले स्वर्णिमकै नेतृत्वमा घोषणापत्र तयार पारेको थियो । स्वर्णिमलाई उपसभापतिकै जिम्मेवारी दिएर अघि बढ्न खोजेको रास्वपाले पनिनीति–सिद्धान्त र गन्तव्यहिन पार्टीको आरोप खेप्दै आएको छ ।यसैकारणस्वर्णिमको प्रवेशले रास्वपालाई राहत त मिल्ला, तर यता काँग्रेस आत्तिएका बेला उता स्वर्णिमको अतृप्त महात्वाकांक्षा पुरा गर्ने रास्वपाको सम्भावनामाथि शंका छ ।