Breaking

हाम्रो पार्टी छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक बन्छ: रवि लामिछाने


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले अघि भने, ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’