Breaking

छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौं: स्वर्णिम वाग्ले


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न लागेका स्वर्णिम वाग्लेले आफू छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा लागेको बताएका छन् । शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू छोटो अवधिमा नेपाललाई द्रुत गतिमा बनाउने महाअभियानमा लागेको बताएका हुन् ।

आजैदेखि नयाँ महाअभियान, नेपाल बनाउने महाअभियान, छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौं । त्यो घोषणा म यहाँबाट गर्न चाहेँ,’ उनले भने । यस्तै नयाँ राजनीतिक युग सुरू गर्ने संकल्प लिएर आएको पनि उनले बताएका छन् ।