Breaking

नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ: रमेश खरेल


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन् । रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए । खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजु भाई बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ ।

नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ । उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन् । राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ । खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ । सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं । यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं ।