काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रीपरिषद विस्तार गरेका छन् । चैत्र ६ गते दोस्रो पटक सदनमा विश्वासको मत प्राप्त गरेपनि गठबन्धनभित्र भागवण्डाको सकसले ढिलासुस्ती हुँदै आएको मन्त्रीमण्डल विस्तार शुक्रबार पनि पूर्ण भने हुन सकेन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड क्याविनेटका नवनियुक्त मन्त्रीहरुले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका छन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चा बाहेक ९ दललाई समेटेर गरेको मन्त्रिपरिषद् विस्तारबाट ११ मन्त्रालयलले मन्त्री पाएको छ ।
मन्त्रीमण्डलमा दोस्रो बरियतामा रहने गरि उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाएका छन । भने भौतिक मन्त्रालय सम्हाली रहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो बरियतामा रहने गरि उपप्रधान तथा गृहमन्त्री बनाइएका छन । गठबन्धनको भागवण्डामा पाँच मन्त्रालय पाएको माओवादी केन्द्रले एक मन्त्रालय थप गर्दै गृहमा ताकेता गरिरहेको शक्ति बस्नेतलाई उर्जा मन्त्रालय सुम्पेका छन । आठ वटा मन्त्रालय पाएको नेपाली कांग्रेसले आन्तरिक कलहका कारण चार मन्त्री मात्र पठाएका छन ,जसमा डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री नियुक्त भएका छन ।
गठबन्धनभित्र तीन मन्त्रालयको दावी गर्दै आएको एकिकृत समाजवादी पार्टीले दुई मन्त्रालय पायो । पार्टी उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । त्यस्तै गठबन्धनमा तीन वटा मन्त्रालयको दावी गर्दै आएका जसपाले दुई मन्त्रालय पाए पनि तत्काल एक जनलाई मात्रै मन्त्री बनाएको छ । जसपा संघिय परिषद अध्यक्ष अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्दै १९ वर्षपछि सत्तामा फर्केका छन । एक जना मन्त्री भने उपनिर्वाचन पछि मात्रै पठाउने जसपाको योजना छ ।
सम्भवत उपनिर्वाचनबाट विजयी पप्त गरि संसद प्रवेश गर्दै मन्त्री हुने पार्टी अध्यक्ष उपेन्द्र यादवको सपना हुनसक्छ । लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नेसपाका महिन्द्र राययादव महिला बालबालिका मन्त्री, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका छन । तीन महिनामै सातौं पटक मन्त्रिपरिषद हेरफेर गरेका प्रधानमन्त्री प्रचण्डले अझै मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । २५ सदस्यीय मन्त्रीमण्डलमा १८ जना मात्र नियुक्त गरेका छन् ।
कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसँग राखेका छन । मंसिर ४ को आम निर्वाचनले ५ वर्षे स्थायीत्व प्रदान गरेको स्थितिमा पनि सरकार गठनमा लिंगरिङ हुँदा कयौँ जनजिविकाका सवाल ओझेलमा परेका छन् । सरकारले रफ्तार लिएर काम गर्न सकेको छैन भने जनतामा आक्रोश र चरम निराशा थामिएको छैन । यस्तो बेला अझै मन्त्री मण्डलले पूर्णता नपाउनु दुखद हो ।
प्रतिक्रिया