काठमाडौँ — म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व–राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको छ । यस सम्बन्धमा उनी आगामी मंगलबार न्युयोर्क अदालतमा उपस्थित हुँदैछन । अदालतमा उपस्थितसंगै ट्रम पक्राउ पर्ने आशंका गरिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपती चुनावअघि पोर्नस्टार स्टर्मी ड्यानियललाई गरेको भुक्तानीको मामिलामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने भएका छन । आत्मसमर्पण नगरे उनलाई पक्राउ गरिनेछ । ट्रम्पले भने यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई खारेज गर्दै आएका छन् ।
ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ । ट्रम्प अदालतमा आगामी मङ्गलवार हुने पहिलो सुनुवाइका लागि उनी अदालत पुग्ने छन । अदालतमा ट्रम्पको सुरक्षाको जिम्मेवारी अमेरिकाको गुप्तचर निकायले पाएको छ । गल्फ टुर्नामेन्टको दौरानमा पोर्नस्टार स्टर्मी ड्यानियल र डोनल्ड ट्रम्पबीच भेटघाट भएको थियो । टुर्नामेन्ट सकिएपछि पोर्नस्टारलाई आफ्नो होटलको कोठामा बोलाउँदै एक टेलिभिजन शोमा काम लगाइदिने बाचा गरेपछि उनीहरुबीच शारिरीक सम्बन्ध भएको थियोे । अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्नस्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो ।
यो पैसा उनले ट्रम्पसँगको शारिरीक सम्बन्ध बारेमा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत ट्रम्पले दिएका थिए । कानुनी रूपमा यो भुक्तानी अवैध थिएन तर जब ट्रम्पले डेनियललार्ई भुक्तानी गरे उनले यसलाई कानुनी शुल्कको रूपमा जोडका थिए । न्युयोर्क प्रशासनका वकिलका अनुसार यो ट्रम्पले आफ्ना कागजातहरूसँग छेडछाड गरेको घटना भएको बताएका छन् ।
जुन न्युयोर्कमा आपराधिक कार्य हुन्छ । किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि उनले आफ्नो र डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन ट्रम्पले प्रयास गरेका थिए । अहिले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो विषय घाँटीको पासो बनेको छ । अहिले डोनल्ड ट्रम्प पक्राउ पर्नसक्ने सम्भावना बढी रहेको छ ।
प्रतिक्रिया