Breaking

निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्छु: अर्थमन्त्री


काठमाडौँ — नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीमा देखिएको निराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।

‘लघुवित्त र सहकारीहरु समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ । सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’ लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए ।