Breaking

काँग्रेसमा पत्तासाफ बन्दै गगन–शेखर, देउवा–आरजुको दबदबा, गुट नै तहसनहस, भागबण्डामा असन्तुष्टि


काठमाडौँ — नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवाको पकडले संस्थापनइतर समूहका नेताहरु अस्तित्व रक्षाको संकटमा छन् । किनकि देउवाकै गुनगान गाएमात्रै पदप्राप्ति हुने विश्वासले नेताहरु अवसरको खोजी गर्न थालेका छन् । कतिपय नेता अवसर नपाएकै कारण पार्टी छोड्न बाध्य बनेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति देउवाविरुद्धै पराजय ब्यहोरेपछि संस्थापन इतरको नेतृत्व गरेको शेखर समूह यसकारण पनि चर्चामा आएको थियो कि, उसले गुटगत राजनीतिक त्याग गरेको घोषणा गरेको थियो ।

यसलाई सुध्रिएको काँग्रेसका रुपमा धेरैले बुझेका थिए । तर काँग्रेस केन्द्रीय समितिको मनोनयनदेखि पार्टीभित्रका नियुक्ति र स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा शेखर समूहको धोती खुस्कियो ।कुनैमा १० हुँदै ४० प्रतिशतसम्मको हिस्सा शेखरले पार्टीभित्र दाबी गर्न थाले । बिहिबार सरकार विस्तारका क्रममा काँग्रेसले पाएका ८ मन्त्रालयमध्ये तीन शेखर समूहले दाबी गरेको छ । यसका लागि पार्टी कार्यालय सानेपामै शेखरले गुट भेला चलाएका थिए । तथापी काँग्रेसभित्र देखिँदै आएका दुई÷तीन वटा गुटनै देउवाले तहसनहस नै बनाइदिएका छन् । अर्थात देउवाविरुद्ध उभिएर आँखा जुधाउनसक्ने ताकत भएको गुट काँग्रेसभित्र देखिएको छैन।

महाधिवेशनअघि देउवाइतर गुटको नेतृत्व रामचन्द्र पौडेलले गर्थे । सभापतिमा देउवाविरुद्धै भिड्ने तयारी गरेका रामचन्द्रलाई आफ्नै समूहका नेताहरुले साथ दिएनन् । फलतः चुनावका बेला तटस्थ बन्दै रामचन्द्र देउवाकै सहयोगी भइदिए । जसको गुण देउवाले अहिले राष्ट्रपति जस्तो सर्वाेच्च पदमा पु¥याएर तिरेका छन् ।सभापतिको पहिलो चुनाव हारेपछि प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि देउवाकै पक्षमा उभिए । विपक्षीमा विचरा शेखर कोइराला एक्लै परेपछि हार स्वीकार्नुभन्दा अर्काे विकल्प रहेन ।आफ्नै समूहका गगन, धनराजले फराकिलो मतान्तरकासाथ जित निकाल्दा शेखरले हारको पीडा खेप्नु प¥यो ।

झन विपक्षी मोर्चाको बलियो प्रतिनिधित्व गरेका रामचन्द्र, प्रकाशमान र विमलेन्द्र हुँदै शेखरका आफ्नै भाई शशांकसमेत देउवाकै पक्षमा कित्ताकाट भएपछि संस्थापनले अहिले बलियो शक्ति मुठ्ठीमा कसेको छ ।जसलाई महाधिवेशनअघि नै समर्थन दिँदै आएका कृष्ण सिटौला समूहको पनि साथ छ ।पार्टीभित्र देउवाको दबदबाका अघि शेखर–गगन मरेतुल्यको अवस्थामा छन् ।फलतः स्वर्णिम वाग्लेजस्ता सहयोगीलाई गुमाएर राजनीति गर्नुपर्ने अवस्थामा उनीहरु छन् । विहिबार आरजु–देउवा गिरोहको हेपाह र अपमानको कारण देखाउँदै स्वर्णिमले पार्टी छोडेका छन् ।

यो आफ्नै समूहलाई व्यवस्थित गर्न शेखर–गगन चुक्नु कारण पनि हो । जस्तो कि, महामन्त्री गगन थापाले संसदीय दलमा देउवाविरुद्ध चुनाव लड्ने ताकत प्रदर्शित गरेकाशेखरनै देउवाको पक्षमा उभिएको भन्दै आशंकासमेत सार्वजनिक भएको थियो । फलतः अहिले शेखर समूह सिंगो छैन । पार्टीभित्र देउवाको एक्लो वर्चश्व र देउवाकै पछि परेमात्रै अवसर पाइने परिपाटीले संस्थापनइतर समूह छिन्नभिन्न भएको छ ।

अहिले सरकार विस्तारको तयारीमा काँग्रेस नेतृत्वको ११ दलीय गठबन्धन रहेको छ ।भागबण्डाको सबैभन्दा बढ्ता सकस काँग्रेसभित्रै देखिएको छ । संस्थापनइतर समूहले मागदाबी गर्ने हैसियत गुमाएपछि संस्थापनभित्र लडाइँ चलिरहेको छ । सरकारमा काँग्रेसको नेतृत्व गर्ने भन्दै उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेपनि देउवाले अर्थ जस्तो शक्तिशाली मन्त्रालयमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने निधो गरेपछि अवस्था सहज छैन ।

खड्का पनि सानो मन्त्रालय लिएर ठूलो भारी बोक्न इच्छुक देखिएका छैनन् ।शेखर समूहका नेताहरु भने देउवाकै गुनगान गाएर पदप्राप्तिको बाटोमा छन् ।यसले महाधिवेशन र चुनावका बेला आन्तरिक लोकतन्त्रको हुंकार लगाउनेहरु विरुद्धै प्रश्न उठाएको छ ।