Breaking

रवि धूलो चाट्छन् भन्दै अघि सरे जितनारायण,एमालेको जित पक्का,यस्तो छ चितवन भिडन्त


काठमााडौँ — विभिन्न कारणले सांसदविहीन भएका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । देशभरमा जम्मा तीन निर्वाचन क्षेत्रमा हुने उपचुनावमध्ये चितवन २ मा हुने निर्वाचनले भने सबैको ध्यानाकर्षण गरेको छ । नेपाली राजनीतिमा चितवन सधै खास देखिँदै आएको छ । राजनीतिका चतुर नेता प्रचण्ड उम्मेदवार हुँदा मात्रै होइन उनी नहुँदा पनि चितवनको चुनावी माहोलले देशको ध्यान तान्ने गरेको छ । यसको पुष्टि गत मंसिर ४ को निर्वाचनले समेत गरिसकेको छ ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड र उनकी पुत्रीसँग मात्रै जोडेर हेरिने चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनले सिंगो दलहरुकै ध्यान आकृष्ट गरेको छ ।नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मतान्तर सहित मंसिर ४ मा निर्वाचन जितेकाले पनि यस पटक यो निर्वाचन क्षेत्रमा सबैको नजर परेको हो । त्यसो त प्रमुख दलहरु उम्मेदवारी दर्ताको मिति अगावै उम्मेदवार तयार पारि मैदानमा उत्रने मनस्थितिमा देखिएको छ । चैत्र २० गते उम्मेदवारी दर्ताको मिति तय गरिएको भए पनि मुख्य दलहरुले आफ्नो उम्मेदवार तय गरिसकेका छन् ।

रास्वपाले रविको नाम औपचारिक घोषणा नगरे पनि यो रवि उठ्ने घाम जत्तिकै छर्लङ छ । उनी संग भिड्न लरतरो उम्मेदवार उठाउन नहुने बुझेका ठूला दलहरुले परिपक्व उम्मेदवार उठाउन खोजेको हो । कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई चुनावी प्रतिष्पर्धामा उतार्ने निश्चय गरेको छ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री पुत्री रेणु दाहाललाई भरतपुरको मेयरमा दोहोर्याएर टिकट दिएपछि मुर्मुरिएकाश्रेष्ठ अहिले माओवादीकै सहयोगमा चुनाव जित्न अघि सरेका छन् ।

उम्मेदवारी दर्ताको मिति तय नहुँदै चुनावी चहलपहल थालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ महिनाअघि देखि नै मैदानमा होमिइसकेका छन् । सत्ता यात्रामा नमिठो धक्का लागेपछि रन्थनीएका रवि उपनिर्वाचन माफृत पुन संसद प्रवेशका लागि व्यापक आन्तरिक तयारी थालिरहेका हुन् ।

गठबन्धन र रास्वपाले उम्मेदवार तयार पारिसक्दा नेकपा एमाले पनि बलियो उम्मेदवारको खोजीमा छ । तर, उपनिर्वाचनका लागि एमालेले उम्मेदवार घोषणा भने गरिसकेको छैन। यसअघि एमाले अध्यक्ष ओली लामिछाने निकट देखिँदा लामिछानेलाई आफूहरुले फेरि पनि जिताएर सदनमा ल्याउने बताएका थिए ।तथापीएमाले अध्यक्ष ओली तिनै रविसँग प्रतिष्पर्धा गराउन बलिया उम्मेदवारको खोजीमा छन् ।

चितवन २ मा ४ महिनाअघि सम्पन्न निर्वाचनमा एमाले र कांग्रेसलाई रास्वपाले भारी मतान्तरले पराजित गरेको थियो । ०७९ को निर्वाचनमा रवि, उमेश र कृष्णभक्त भिड्दा लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी भएका थिए । गठबन्धनबाट लडेका कांग्रेसकाश्रेष्ठले १४ हजार नौ सय ८३ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले १४ हजार ६ सय ४७ मत ल्याएका थिए । रवि फेरि त्यही पुरानै विरासत फकाउने दाउमा भए पनि छोटो राजनीतिक उत्तारचढावका बीच रविसंग मंसिर ४ अघिको जस्तो जनलहर नरहेकाले मतदाताले मंसिर ४ कै विरासत नदोहोर्याउने कतिपयको विश्लेषण छ ।