Breaking

प्रचण्ड भाका सारेको सा¥यै, मन्त्रिपरिषद् आज पनि विस्तार भएन, गठबन्धनमै देखिन थाल्यो सकस


काठमाडौँ — मन्त्रिपरिषद विस्तारको म्याद बारम्बार सार्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यति बेला मन्त्री परिषद विस्तारको अन्तिम दौडमा छन । भागवण्डा टुङ्गाइसकेका उनले मन्त्रीको नाम दिन दलहरुलाई आग्रह समेत गरिसकेका छन । जहाँ नौ दल सरकारमा सहभागी हुने निश्चित बनेको छ । तर प्रचण्डको भाका आज पनि सरेको छ । लामो समय देखि भाका सार्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्री परिषद् विस्तार गर्ने प्रयासलाई सफल बनाउन सकेनन् ।

पहिले उपराष्ट्रपतिको चुनाव,लगत्तै विश्वासको मतपछि र त्यसपछि चैत १० गतेभित्र सरकार विस्तार गर्ने भन्दै आएकाउनले आजबिहान बस्ने बैठकबाट कुन दलले कुन मन्त्रालय पाउने भन्ने सहमति गरेर आजै नयाँ मन्त्रीको शपथ गराउने तयारी थालेका थिए । फलत ः रिक्त १६ वटा मन्त्रालयसहित २३ वटा मन्त्रालयको भागबन्डा टुंगो लगाएका उनले चितवनमा जाने कार्यक्रम भए पनि मुख मात्रै देखाएर फर्किएका छन । जहाँ उनले आजै अधिकतम प्रयास गर्ने नभए भोली विहान सम्म सरकार विस्तार हुने अर्को भाका दिएर आएका हुन ।

बुधवार बसेको बैठकमा सरकारमा सहभागीहुने ९ दलबीच २३ मन्त्रालयमा सहमतिभएको नेताहरूले बताएकाछन् । जसअनुसार नेकपामाओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपालीकांग्रेसलाई ८, नेकपाएकीकृत समाजवादीलाई २, जनता समाजवादीपार्टी नेपाललाई २, जनमतपार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक समाजवादीपार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।राष्ट्रिय स्वतन्त्रपार्टी सरकारमा आए २ मन्त्रालय दिन सकिने गरी प्रधानमन्त्री प्रचण्डले आब्हान गरे पनि रवि लामिछानेले प्रधानमन्त्रीसँगको भेटमा तत्काल सरकारमा गए चुनाव प्रभावित हुने तर्क गरेपछि रास्वपाबाहेक नै सरकार विस्तार गर्न लागिएको नेताहरुले बताएका छन ।

तर रविले आफूलाई चुनावअघि नै उपप्रधानसहित गृह दिएर सरकारमा समेट्न तथाचितवन २ मागठबन्धनको साझा उम्मेद्वार बनाउन शर्त राखेको खवर समेत यसबीचमा बाहिरिएका थिए । अहिले रास्वपा नसमेटिनु तथा कांग्रेसले नै उम्मेद्वार उठाउनुले गठबन्धन भित्र उनलाई कम आँकिएको त हैन भन्ने विश्लेषण सुरु भएको छ । जहाँ मन्त्रीको नाम नै पठाउन प्रचण्डले आग्रहगर्दा दलहरुमा पनि किचलो सुरु भईसकेको छ ।

यसैको परिणाम स्वरुप कांग्रेसका नेता डा.शेखर कोईरालाले छुट्टै भेला नै गरेका छन । यताडा.स्वर्णिम वाग्लेले कांग्रेस नै छाडेको तथा गठबन्धनकै सदस्यदल रास्वपा रोजे पछि उत्पन्न परिस्थितीले पनि प्रचण्डको स्वभाविक दौडमा व्रेक लागेको छ । अर्कातर्फ बारा २ र तनँहु १को उपनिर्वाचनमा समेत गठबन्धनकै दलहरु विचको भिडन्त हुने अवस्थाले गठबन्धनकै धरालतमा पनि भुकम्प आउने सम्भावना बढेको छ । यहि बुझेकै कारण एमालेका अध्यक्ष केपीशर्मा ओलीले त व्यङगवाण नै प्रहार गरेका छन

यस अघि एमालेसंगको सहकार्यमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले भोलिपल्ट सानो आकारको मन्त्रीपरिषद् बनाएका थिए। त्यसपछि माघ ३, माघ १४, माघ २३, फागुन १४ र १६ गते मन्त्रीमण्डल विस्तार र हेरफेर गरेका उनले वीचमा समिकरण परिवर्तन गर्दै विकसित घटना क्रमले सातौ पठक मन्त्रीरिषद विस्तार गर्दैछन । तर सरकार विस्तारसंगै उपनिर्वाचन पनि संगै जोडिएर आउदा उत्पन्न सकसले युद्धस्तरको प्रचण्डको तयारीमा फेरि ब्रेक लाग्ने त हैन भन्ने शंशय उत्पन्न भएको छ ।