Breaking

सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने तय


काठमाडौँ — सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि बिहान साढे सात बजे हुने तय भएको छ। बिहीबार बिहान एक चरणको वार्ताबाट निष्कर्ष नआएपछि साँझ ६ बजे बस्ने तय भएपनि मिटरब्याजी पीडितका समस्याका कारण शुक्रबार बिहान बस्ने गरी समय सरेको हो । बिहीबार साँझको वार्ता स्थगित भएपनि पीडितका तर्फबाट पेश भएका लिखित माग सम्बोधन गर्ने सवालमा सरकारी वार्ता टोलीबीच छलफल भने भएको छ ।

सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले भोलि बिहानको वार्तापछि निष्कर्षमा पुगिने बताइन् । मिटरब्याज पीडितहरु १० दिन पैदल हिँडेर यही साता काठमाडौँ आएका थिए । सरकारले मिटर ब्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनेगरी कानुन बनाउने तयारी गरेको छ ।