Breaking

प्रचण्डलाई बालेनको प्रश्न सरकार कति टिक्छ ? (भिडियोसहित)


काठमाडौँ – तीनत हको सरकारवीचको समन्वय अभाव र संघियता कार्यान्वनमा केन्द्रको सरकारको नजरवारे प्रश्नवा रम्बार उठ्ने गरेको छ । जहाँ संघ र स्थानीय तहवीच कर्मचारी व्यवस्थापनदेखि कामका विषयमा समेत टसल भएको घटना नयाँ हैन । जसको प्रतिविम्ब बुधबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र काठमाडौँ महानगरका प्रमुख वालेनको सवाल जवाफका रुपमा प्रतिविम्बित बनेको छ ।
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा उपस्थित काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको आयुमै प्रश्न गरे । सरकार फेरबदल भइर हँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि मिठो प्रहार गरेका उनले यो प्रश्नमाआफूलाई संघले गरेको असहयोगको आक्रोश समेत मिसिएको थियो ।

सुकुम्बासीका बस्तीमा डोजेर चलाउदा उत्पन्न परिस्थितीले आफू असुरक्षितभएको विषयमा होस कि अन्य विषयमा आफूलाई सरकारले गरेको वेवास्ता प्रति रुष्ट देखिदै आएका बालेन्द्रले आज मुखै फोरेर कालापानी लिम्पियाधुरा भन्दा पहिले काठमाडौँका नदि सभ्यता जोगाउनु पर्ने पाठ प्रचण्डलाई पढाए ।

मेयर प्रमुखमा निर्वाचित भएबाटै प्रचण्डसंगको बालेन्द्रको सम्बन्ध बेला बेला गरामा गरम आएको छ । निर्वाचित भएसंगै प्रमुखदलका नेताहरु तथा उच्च पदस्थसंगको भेटलाई तिव्र पारेका उनी प्रचण्ड भेट्न खुमलटार नै पुगेका थिए । तर फोहोर व्यवस्थापनमा सरकारले गरेको असहयोग तथा सडक समस्या बन्दा प्रचण्डप्रति नै आक्रमक रुपमा प्रस्तुत भएका उनले सामाजिक सन्जालबाटै प्रश्न गरे ‘श्रीमान प्रचण्ड ज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्दा समेत उनले लेखे राजा फर्काउँछु भन्ने, राजाचाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा । हामी प्रजा सधैँ सास्तीमा । जुनअ भिव्यक्ति मंसिर १२ मा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उत्पन्न परिस्थितीमा सरकार र दलहरुले गरेको असहयोग प्रतिको आक्रोश थियो । जे गर्ने पछि नहट्ने स्वभावका बालेन्द्रलाई टुकुचापछि धक्का दिएको विषय सुकुम्बासीमा डोजर नै हो । यहि घटनापछि विकसित घटनाक्रमले निराश हुँदै राजिनामा दिने अवस्थासम्म पुगेका बालेन्द्रले यसैको व्यवस्थापनमा सहयोग गर्दिन भन्दै बारम्बार गृहमन्त्री भेटेका थिए । तर निराशा मात्रपाएका उनले घुमाउरो पारामा न्यायसंगै जोडेर यो विषयलाई पनि उठाए ।


यता प्रधानमन्त्री प्रचण्डको पनि बालेन्द्र प्रतिको धारण असन्तुलित नै छ । कहिले बालेन्द्र र हर्क लोकतन्त्रको सुन्दर फुलभन्दै फुक्र्याउने उनीकहिले स्वतन्त्रबाट देश नबन्ने बताउछन । त्यस्तै उनीहरुले माओवादीले वोक्ने जनजीवीकका मुद्धा उठाएर चुनाव जितेको बताउने प्रचण्डले अहिले उनकै काममा सहयोगी भूमिका खेल्न सकेका छैनन् । जसलाई संघको दादा गिरिको रुपमा महसुस गरेका बालेन्द्र पनि जहाँ भेटिन्छ त्यहि प्रहार गर्ने रणनितिमा छन । जसको उदाहरण सवालजवाफ बनेको हो ।