Breaking

मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेका लागि तय गरिएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरू छान्न बैठक बस्न लागेको हो । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ । कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

गठबन्धन दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ । गठबन्धनमा रहेको रास्वपा अझै सहमतिमा आइसकेको छैन ।